Khabar Dabali Logo
  October 30, Fri

यस्तो बन्यो एमाले–माओवादी सहमतिको ‘ड्रफ्ट’, सरकारदेखि एकीकृत पार्टीसम्म यसरी मिल्यो भागबन्डा

काठमाडौं । पार्टी एकता गर्ने भन्दै लगातार छलफलमा केन्द्रित बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको ‘ड्रफ्ट’ तयार गरेका छन् । पार्टी उकताको ९५ प्रतिशत काम सिद्ध्याएको बताएका नेताहरुले बुधबारको छलफलमा सो ‘ड्रफ्ट’ तयार गरेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिको मस्यौदा तयार भएपछि दुबै पार्टीका अध्यक्षले आ–आफ्नो पार्टीभित्र छलफल चलाएका छन् । माओवादी अध्यष प्रचण्डले सोही विषयमा ब्रिफिङ गर्न पार्टीको बैठक समेत बोलाएका छन् । ओली र प्रचण्डबीच भएका सहमतिका बुँदा एकता संयोजन समितिमा लगेर अनुमोदन गरउने तयारी नेताहरुले गरेका छन् ।

यी हुन् ओली–प्रचण्डले तयार गरेको सहमतिका बुँदा

१ एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समान हैसियत हुने। प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुनेछन् भने ओली प्रधानमन्त्री हुने भएकाले ‘सेरेमोनियल’ अध्यक्ष रहने ।

२ अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम प्रधानमन्त्री हुने ।

३ एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने।

४ एकीकृत पार्टीको राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद रहने।

५ एकता महाधिवेशनसम्म पार्टीको समाजवाद उन्मुख राजनीतिक कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने।

६ दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने। एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने।

७ राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले पाउने।

फागुन ३ गते, २०७४ - ११:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top