Khabar Dabali Logo
  October 19, Mon

पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन माग बैंकिङ प्रणालीबाट तलबभत्ता भुक्तानीको पारदर्शी व्यवस्था गर्न ध्यानाकर्षण

काठमाडाै । नेपाल पत्रकार महासंघले पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । पत्रकारका लागि निर्धारित न्यूनतम पारिश्रमिक समयसापेक्ष नभएको भन्दै महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ज्ञापनपत्र बुझाएको हो ।

महासंघअन्तर्गतको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले बुधबार समितिका अध्यक्ष गंगाधर पराजुलीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा पत्रकारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न यथाशक्य चाँडो कार्यदल गठन गर्न माग गरिएको छ । ज्ञापनपत्रमा सञ्चारमाध्यममा आबद्ध स्टिन्जरको पनि न्यायिक व्यवस्थापन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा पत्रकारको पारिश्रमिक पुनरावलोकन सिफारिस गर्दा तत्कालीन सुरेश आचार्य नेतृत्वको समितिले औँल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन गर्न, खेम भण्डारी नेतृत्वको समितिको प्रतिवेदनमा उल्लिखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि गर्न, स्टिन्जरहरूको न्यायोचित व्यवस्थापन र हरेक महिनाको पहिलो साताभित्र बैंकिङ प्रणालीबाट तलबभत्ता भुक्तानीको पारदर्शी व्यवस्था गर्न ध्यानाकर्षण गरिएको छ ।

मागको यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रन बाध्य हुने चेतावनी पनि समितिले दिएको छ । प्रतिनिधिमण्डलमा समितिका सहसंयोजक जन्मदेव जैसी, सदस्यहरू यम विरही, टीकाराम प्रधान र टेकराज थामी सहभागीता थियाे ।

फागुन ३ गते, २०७४ - ०९:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top