Khabar Dabali Logo
  October 31, Sat

उड्डयन प्राधिकरणमा सिलबन्दी नगरपालिकासँग कुनै स्वीकृति नलिई, नक्सा पाससमेत नगरी निर्माण

भक्तपुर । नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालिम भवनमा मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको छ ।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ- मध्यपुर थिमि–२ गठ्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को तालिम भवन निर्माण गर्दा नगरपालिकासँग कुनै स्वीकृति नलिई, नक्सा पाससमेत नगरी निर्माण थालेको भन्दै सिलबन्दी गरेको हो ।

प्राधिकरणले करिब ७ करोड रुपैयाँ लागतमा साढे २ तलाको (एटीसी) तालिम भवनको निर्माण एक महिनाअघि थालेको थियो ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, नगरपालिकाका इन्जिनियर, २ नम्बरका वडाध्यक्ष राम थापा, ३ नम्बरका वडाध्यक्ष प्रेम कुटु, नगरपालिका कर्मचारीलगायतको टोलीले बुधबार सिलबन्दी गरेपछि प्राधिकरणको (एटीसी) भवन निर्माण कार्य रोकिएको छ ।

साबिक हवाई विभाग तथा हालको नागरिक उड्डयन प्राधिकरणले जुन प्रयोजनका लागि स्थानीयको जग्गा अधिग्रहण गरेको हो, त्यसविपरीत कार्य गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण थालिएकाले सिलबन्दी गर्न बाध्य भएको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

प्राधिकरणले स्थानीयको जग्गा अधिग्रहण गरी बिचौलियाको चंगुलमा डुबाएको समेत नगरप्रमुख श्रेष्ठको आरोप छ । ‘प्राधिकरणले अधिग्रहण गरेको जग्गा आइचर कम्पनी, एग्रोभेट खाद्यान्न भण्डारण, ग्रिल कारखाना, हाइड्रोपावर कम्पनीको हेभी सामग्री भण्डारणका लागि भाडामा दिएको छ,’ उनले भने ।

आइचर कम्पनीले मात्र १ सय ७५ रोपनी जग्गामो क्षेत्रफल ओगटेको नगरपालिकाले जनाएको छ । आइचर कम्पनीले नगरपालिकालाई ४ करोड ३४ लाख कर तिर्नुपर्ने र बिहीबारभित्र कर नतिरे कम्पनीमा सिलबन्दी गर्नेसमेत नगरपालिकाले जनाएको छ । प्राधिकरणको जग्गामा सञ्चालित अधिकांश कम्पनीले नगरपालिकालाई कर तिरेका छैनन् । प्राधिकरणले यस क्षेत्रको करिब ४ सय रोपनी जग्गा अधिग्रहण गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ दफा २७ र २८ मा भवन वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसँग पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट व्यवस्था भएकाले सोही ऐनमा टेकेर सिलबन्दी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए ।

सरकारी निकायले नै लत्याएर भवन निर्माण सुरु गरेकाले नगरपालिका सिलबन्दी गर्न बाध्य हुनुपरेको समेत उनी बताउँछन् । स्थानीयको जग्गा अधिग्रहण गरी दुरुपयोग गर्दै जाने हो भने नगरपालिकाले जग्गाको स्वामित्व ग्रहण गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।
‘प्राधिकरणले स्थानीयको जग्गा अधिग्रहण गरे पनि कतिपयको मुआब्जा लिन बाँकी भएको र लगत कट्टासमेत गर्न बाँकी छ,’ उनले भने ।

२०७२ वैशाखको भूकम्पपछि सरकारी भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिएर मापदण्डअनुसार जानुपर्ने व्यवस्था हुँदा पनि ‘एयर ट्राफिक कन्ट्रोलर’ जस्तो संवेदनशील भवन निर्माण गर्दा प्राधिकरणले सरकारको नियम मिच्न खोजेको नगरपालिकाको आरोप छ ।

यता नागरिक उड्डयन प्राधिकरण (एटीसी) तालिम भवन निर्माणका प्रोजेक्ट म्यानेजर नरविक्रम थापाले भने प्राधिकरणलाई कुनै पनि जानकारी नै नदिई नगरपालिकाले आफूखुसी सिलबन्दी गरेको बताए । ‘प्राधिकरणले एटीसी तालिम केन्द्रका लागि अस्थायी भवन निर्माण गर्न लागेको हो,’ उनले भने, ‘अस्थायी संरचना निर्माणका लागि नक्सा पास आवश्यक छैन ।’

फागुन ३ गते, २०७४ - ०९:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top