Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निजी अस्पतालले अब विरामीबाट जथाभावि शुल्क लिन नपाउने

\"\"काठमाडौं । निजी अस्पतालहरूले विरामीबाट असुल्ने अत्यधिक शुल्क नियमन गर्न स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गरेको छ ।मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको हो, जसले स्वास्थ्य शुल्क निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले जानकारी दिए । कार्यदलमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, अर्थ मन्त्रालयका प्रतिनिधि, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिलगायत सदस्य छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनबाट निजी अस्पतालहरूले विरामीबाट अत्यधिक शुल्क असुलेको पुष्टि भएको थियो । सोही कारण सरकारले नियमनको तयारी थालेको हो । कार्यदललाई एक महिनाको म्याद दिइएको छ । ‘कार्यदलले विरामीबाट अस्पतालले लिनसक्ने शुल्कको मापदण्ड तयार पार्नेछ,’ प्रवक्ता गिरीले भने, ‘कुन रोगको उपचारका लागि कति शुल्क लिन पाउने भन्ने खाका दिनेछ ।’ हाल अस्पतालहरूले आफूखुशी विरामीबाट शुल्क असुल्दै आएका छन् । स्वास्थ्य शुल्कबाहेक सरकारले हाल विरामीबाट पाँच प्रतिशत स्वास्थ्य सेवा कर वा मूल्य अभिवृद्धि कर लिन्छ । त्यसबाहेकका अतिरिक्त रकम असुल्ने कानूनी व्यवस्था छैन । सरकारले लिने करमा समेत अस्पतालहरूले बदमासी गरिरहेका छन् । अतिरिक्त शुल्क लिएको पाइएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दुई महिनाअघि काठमाडौंका पाँच अस्पतालविरुद्ध ठगी मुद्दामा छानविन गरी मुद्दा दायर गर्न काठमाडौं प्रहरी परिसरलाई पत्राचार नै गरेको थियो । धापासीस्थित ग्रान्डी इन्टरनेसनल, ग्वार्कोस्थित बी एन्ड बी, बाँसबारीको नेसनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्स -न्युरो अस्पताल), थापाथलीको नर्भिक इन्टरनेसनल र बसुन्धराको इसान बाल अस्पतालविरुद्ध मुद्दा चलाउन विभागले आग्रह गरेको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies