Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

\"\"युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल पत्रकार महासंघ यूएईले १ लाख ४१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुबै मिर्गौलाले काम गर्न छाडे पछी लामो समय देखि जिबन र मृत्यु सङ लडिरहेकी पकुवालको उपचारमा सहयोग पुर्याउने उदेश्य सहित महासघले सो सहयोग गरेको हो । हाल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत पकवालको उपचारका लागि करिब १२ लाख खर्च लाग्ने र माया पकुवालसँग आर्थिक अभाव भएकाले उक्त रकम यूएईका दाताहरूबाट संकलन गरेर पठाएको पत्रकार महासङ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले जानकारी दिएका छन् । यूएईमा कार्यरत झापाली पत्रकार समुहले पत्रकार रुपेश अधिकारीको संयोजकत्वमा करिब १ महिनाअघि बाट सन्चालन गरेको अभियानमा लिखित पत्र सहित सहयोगका लागि अनुरोध आएपछी पत्रकार महासंघ युएईले समेत उक्त अभियानमा साथ दिएको हो । पकुवालको उपचारका लागि आर्थिक सहयोग गर्नमा झापाली समाज युएई, विश्वकर्मा समाज युएई, दाङ देउखुरी समाज युएई, प्रेस युनियन युएई, प्रेस सेन्टर युएई र स्याङ्जा सहयोग समाज युएईका साथै ५६ जनाले आर्थिक सहयोग गरेको महासघ युएईका कोषाध्यक्ष तथा अभियान संयोजक दिनेश आचार्यले जानकारी दिएका छन । अभियान बाट संकलित ५०५३ दिराम नेपाली (१ लाख ४१ हजार २९ रुपयाँ ) संकलन गरी फेब्रअरी १२ तारिख रकम नेपाल पठाइएको छ । यसैबीच, पत्रकार पकुवालको सहयोगका लागि पत्रकार महासंघ झापा शाखाले पनि १ लाख ९ हजार ७० रुपैयाँ सहयोग गरेको छ । उक्त रकम नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकाटाको नाममा पठाइएको र महासंघ झापा मार्फत हाल नेपालमै रहेका पत्रकार डिल्ली हुमागाई र झापाली समाजका प्रतिनिधिको उपस्थितिमा बुधबार बिरामी पकवालकै निवास भद्रपुर झापामा सयुक्त रूपमा हस्तान्तरण गरिएको अभियानका सम्योजक दिनेश आचार्यले खबरडबलीलाई जानकारी दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies