Khabar Dabali Logo
  October 19, Mon

पेशाबाट सिंगो समुदाय नै विस्थापित

पाल्पा । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउँछन् ।

“बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन”, ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोखे । बाँसका सुपो (नाङ्लो), डाला, मान्द्रालगायत वस्तु बुन्दै आएपनि बजारको समस्या रहेको उनको भनाइ छ ।

“बालबालिका यही पेशामा काम गरी हुर्काइयो, अहिले मासिक रु १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन”, विश्वकर्माले भने । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिए ।

बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् ।

उनीहरु बाँसका सामग्रीले बजार पाउन समस्या झेल्न बाध्य हुँदै आएका छन् । “चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्”, स्थानीय बासिन्दा रनवीर विश्वकर्माले बताए । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उहाँले भन्नुभयो, “भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।”

कुसुमखोलाको माराबाँसका विश्वकर्मा समुदायले निर्वाचनपछि नेताहरु आफ्ना समस्या बुझ्न नआएकामा उनीहरु दुःखी भएको बताएका छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन । रासस

फागुन २ गते, २०७४ - १२:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top