Khabar Dabali Logo
  October 23, Fri

माओवादीले अड्कायो प्रधानमन्त्री देउवाको राजीनामा

काठमाडौं । शेरबहादुर देउवाले आज आफु नेतृत्वको मन्त्रीपरिषदको अन्तिम बैठक राखेर प्रधानमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् । मन्त्रीपरिषदको बैठक लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेश गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले आज राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणाम पेश गर्ने तयारी गरेको थियो । तर, माओवादी केन्द्रले समानुपाति सूचीका सांसदको नाम आयोगमा नपठाएकाले आयोज निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाउने नबुझाउने अन्योलमा छ । माओवादी केन्द्रको समानुपातिक सूचीमा त्रुटि रहेको भन्दै निर्वाचन आयोगले सच्याउन पत्राचार गरेको थियो । सूची बुझाउने आज अन्तिम दिन हो ।

माओवादी केन्द्रले आफ्नो दलको सूची तत्काल बुझाए आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाउने छ । त्यसको लगत्तै प्रधानमन्त्री देउवा राजिनामा दिने योजनामा छन् । तर, आयोगले अन्तिम परिणाम बुझाउन नभ्याए देउवाको राजिनामा पनि रोकिने कांग्रेसका एक नेताले खबरडबलीलाई बताए ।

आयोगले अन्तिम परिणाम बुझाउनासाथ राष्ट्रपतिलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बाटो खुल्ने भएकाले देउवाले आजै मन्त्रीपरिषद बैठक राखेर राजीनामा दिने तयारी गरेका बुझिएको छ ।

फागुन २ गते, २०७४ - ११:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top