Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विप्लव समूहकाे ठाँउ ठाँउमा आक्रमण, निसानामा एनसेल

\"\"काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले \'जनयुद्ध\' शैलीमा देशका विभिन्न ठाउँमा आक्रमण गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माअाेवादीले २३ औँ जनयुद्ध दिवसको अवसरमा छापामार शैलीमा ठाउँ ठाउँमा आक्रमण गरेका हुन् । उनिहरूले रोल्पा, नुवाकोट, धनकुटा, रामेछाप, भोजपुर लगायतका धेरै ठाउँमा आक्रमण गरेर क्षेति पुगाएका छन् । मुख्य निसानामा एनसेल उनिहरूकाे मुख्य निसानामा एनसेलका टावर परेका छन् । रोल्पाको माडी गाउँपालिका-६ कोर्चाबाङ मिनहीमा रहेको एनसेलको टावरमा  विस्फोट गरि ध्वस्त पारेका छन् । कुकर बम विष्फोटनबारे अनुसन्धान भइरहेको रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिएका छन्। \"\"नुवाकोटमा पनि एनसेल नै तारो विप्लवका कार्यकर्ताले नुवाकोटस्थित एनसेलको रिपिटर टावर पनि ध्वस्त पारेका छन् । विदुर नगरपालिका-११ डाडागाउँस्थित एनसेलको टावरमा सोमबार राति साढे ११ वजे आगजनी गरी ध्वस्त पारिएको हो । सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावर पुर्ण ध्वस्त भई १५ लाख बराबरको सामाग्री क्षति भएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । पेट्रोलियम पदार्थ र जुटको बोरा प्रयोग गरी आगजनी गरेको अवस्थामा भेटिएको उनले बताए । टावर ध्वस्त भएपछि डाडागाउँमा सञ्चार सेवा विच्छेद भएको छ । रामेछापमा आक्रमण रामेछापमा समेत एनसेलको टावरमा आक्रमण भएको छ । रामेछाप नगरपालिकाको भालुखोपडाँडा र दोरम्वा गाउँपालिकाको थापा गाउँमा रहेको टावरमा विप्लवका कार्यकर्ताले क्षति पुर्‍याएका छन् । टावरमा क्षति भएपछि एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लवका कार्यकर्ताले धनकुटामा पनि एनसेलको टावरमा आक्रमण गरेका छन् क्रसर उद्योगमा आगो उनीहरुले भोजपुरका दुई स्थानमा आगजनी गरेका छन् । भोजपुरको पूर्वी अरुण गाउँपालिका लेगुवाको फेदी बजारमा रहेको एक क्रसर उद्योगमा आगजानी गरेका छन् । आगलागीबाट क्रसर उद्योगमा रहेको भीम पौडेलको एक्साभेटर जलेर नष्ट भएको छ । एक्साभेटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुरकै पौवादुम्म गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा पनि आगजनी भएको छ । त्यहाँ पनि एक्साभेटरमा आगजानी गरिएको हो । कन्काई कन्ट्रकशनको एक्साभेटरमा आगजानी गरिएको हो । सशस्त्र संघर्ष ? जनयुद्धको औचित्व समाप्त नभएको भन्दै अर्धभूमिगत विप्लव माओवादीले आन्दोलन जारी राखेको छ । उसले सशस्त्र गतिविधि पनि सञ्चालन गरिरहेको छ । जनयुद्धको झल्को देखाउन ‘विप्लव’ले विभिन्न ठाउँमा आक्रमण गरेको देखिएको छ । आधिकारिकरुपमा विफोटनको जिम्मा नलिए पनि प्रहरीले विप्लव माओवादीले नै यी आक्रमण गरेको बताइएको छ । टुक्रा टुक्रा तत्कालीन नेकपा माओवादीले २०५२ सालमा फागुन १ गते ‘जनयुद्ध’को सुरुवात गरेको थियो । १० वर्षसम्म चलेको ‘जनयुद्ध’मा १७ हजार बढीको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको थियो । तत्कालीत सात दल र माओवादीबीच भएको १२ बुँदे सहमतिपछि २०६२/०६३ सालमा जनआन्दोलन भयो । जनआन्दोलनपछि २०६३ साल बैशाख ११ सशस्त्र संघर्ष छोडेर माओवादी शान्तिपूर्ण अान्दाेलनमा आएको हो। २०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीमा टुटफुट भयो । वरिष्ठ नेता मोहन वैद्य‘किरण’ ले पार्टी फुटाए । वैद्यसँगै पार्टी फुटाएर गएका नेत्रविक्रम चन्द‘विप्लव’त्यहाँ पनि टिकेनन् र आफ्नै नेतृत्वमा नयाँ पार्टी खोले । विप्लव नेतृत्वको माओवादीले पछिल्लो समुहले अहिले पनि सशस्त्र गतिविधि सञ्चालन गरिरहेको छ । स्थानीय तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनताका समेत विभिन्न ठाँउमा विष्फोटनदेखि उम्मेदवारहरुलाई आक्रमण गरेका थिए । पछिल्लो समय विप्लव समुह मुख्य सुरक्षा चुनौतीको रुपमा देखिएको छ । माओवादी केन्द्रले काठमाडौं लगायत देशभर जनयुद्ध दिवस मनाइरहँदा विप्लवले भने जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा जनयुद्ध दिवस भव्यरूपमा मनाएकाे छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies