Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी बन्दै छन् प्रदेश सरकार ? आलोपालो प्रस्तावले प्रदेश ६ को मुख्यमन्त्रीमा विवाद

\"\"प्रदेश १ : ३ फागुनमा प्रदेश सभाको बैठक प्रदेशको मुख्यमन्त्रीमा एमालेका शेरधन राईले आज नियुक्ति पाउनेछन् । बिहीबार शपथपछि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- प्रदेश सभामुखमा प्रदीपरत्न भण्डारी नियुक्ति भएका छन् । बिहीबार बस्ने प्रदेश सभा बैठक उपसभामुखको चयन गर्नेछ । दाबी प्रस्तुत : संघीय समाजवादी फोरम प्रदेश २ संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दी प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसमक्ष आफूलाई मुख्यमन्त्री बनाइयोस् भन्ने दाबी प्रस्तुत गर्दै । प्रदेश २ : मुख्यमन्त्रीमा लालबाबुको दाबी प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ । प्रदेश ३ : पौडेल नेतृत्वमा वामपन्थी सरकार प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ । प्रदेश ४ : ४ फागुनमा मुख्यमन्त्रीको शपथपछि मन्त्रिपरिषद् विस्तार प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । उनले ४ फागुनमा शपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेश सभामुखको निर्वाचन बिहीबार हुनेछ । सभामुख पदमा माओवादीका नेत्रप्रसाद अधिकारीको दाबी छ । प्रदेश ५ : तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी प्रदेश ५ मा एमालेका शंकर पोखरेल मुख्यमन्त्री भएका छन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ खाने कार्यक्रम छ । सोही दिन उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले र माओवादीबाट एक–एक गरी मुख्यमन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमालेबाट बैजनाथ चौधरी, लीला गिरी, विष्णु पन्थीमध्येबाट एक तथा माओवादीबाट कुलप्रसाद केसी सोनाम, दधिराम न्यौपाने, कृष्णध्वज खड्कामध्ये एकजना सरकारमा जाने सम्भावना रहेको बताइन्छ । सभामुखमा माओवादीका पूर्ण घर्ती र उपसभामुखमा भने अझै टुंगो लागिसकेको छैन । प्रदेश ७ : सानो आकारको सरकार गठनको तयारी मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्टले दाबेदारी पेस गरेका छन् । बिहीबारको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको चयन गर्नेछ । मुख्यमन्त्रीले शपथ लिएपछि सानो आकारको सरकार गठनको तयारी छ । २९ माघमा बसेको प्रदेश सभा बैठकले सभामुखमा एमालेका अर्जुन थापालाई चयन गरेको थियो । उपसभामुखका लागि ६ फागुनमा निर्वाचन हुनेछ । आलोपालो प्रस्तावले प्रदेश ६ को मुख्यमन्त्रीमा विवाद एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको कार्यकाल आलोपालो गर्ने विवाद निस्किएपछि प्रदेश ६ को मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीचको छलफलमा पाँचवर्षे कार्यकाल बाँडफाँड गर्ने मुद्दा उठेको हो । एमाले नेता कँडेलले कार्यकाल बाँडफाँड गर्नुपर्ने प्रस्ताव राखेपछि माओवादीले अस्वीकार गरेको हो । जसले गर्दा एमाले र माओवादीले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिबारे दाबीपत्र लेख्न सकेका छैनन् । एमाले स्रोतका अनुसार पहिलो चरणमा शाही र दोस्रो चरणमा कँडेल मुख्यमन्त्री हुनुपर्ने प्रसंग उठेपछि दुई दलबीच सहमति नभएको हो । ३ फागुनभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने व्यवस्था भएकाले दुई दलले पत्र लेखी प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिका लागि आग्रह गर्न सक्नेछन् । माओवादी नेता शाहीले एमालेले दलको बैठकपछि खबर गर्ने भनेको, तर अहिलेसम्म खबर नआएकाले प्रदेश प्रमुखलाई पत्र लेख्न नसकिएको बताए । मुख्यमन्त्रीको कार्यालयमा विवाद नटुंगिएका कारण मन्त्रालय बाँडफाँडबारे छलफलसमेत भएको छैन । स्रोतका अनुसार एमालेले पाउने चार मन्त्रालयमा केपी ओली पक्ष र माधव नेपाल पक्षले दुई–दुईवटा लिने गरी छलफल भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies