Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यसरी चुलियाे राजपामा विवाद

\"\"
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र समानुपातिक सांसदलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विवाद चर्केको छ । प्रदेश २ मा मधेसी जनअधिकार फोरम र राजपाले सरकार बनाउने गृहकार्य अघि बढाएसँगै यो विवाद सतहमा आएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- राजपाका महासचिव केशव झाले यही विवादका कारण बिहीबार मुख्यमन्त्रीको शपथसँगै गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिए । फोरम र राजपाबीच माघ २६ गते मुख्यमन्त्रीसहित चार मन्त्रालय फोरम र सभामुखसहित तीन मन्त्रालय राजपाले लिने सहमति भएको थियो ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएकाले समानुपातिक सांसदलाई तत्काल मन्त्री बनाउन नहुने प्रस्ताव पार्टीमा राखेका छन् । तर, अध्यक्ष मण्डलका सदस्यमध्ये राजकिशोर यादव र अनिल झाले त्यस प्रस्तावप्रति आपत्ति जनाएका छन् । उनीहरूले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको हैसियत बराबर भएको भन्दै त्यस्तो प्रस्ताव आफूहरूले नमान्ने बताए ।
राजपाभित्र २५ सांसदमा १० जना समानुपातिकबाट निर्वाचित छन् । अधिकांश सांसद मन्त्रीका आकांक्षी छन् । राजपाले तीन मन्त्री र तीन राज्यमन्त्री पाउने तय भएको छ । अध्यक्ष मण्डलका सदस्य झाकी श्रीमती डिम्पल झासमेत मन्त्रीको आकांक्षी छिन् । उनी समानुपातिक सांसद हुन् ।
झा आफ्नी पत्नीलाई मन्त्री बनाउने उद्देश्य राखेरै समानुपातिकलाई मन्त्री बनाउन नहुने प्रस्तावको विरोधमा उत्रिएको स्रोतले बतायो । फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतले शपथ लिने कार्यक्रम छ । उनको शपथसँगै मन्त्रिमण्डल विस्तार गर्ने योजना भए पनि राजपाले तत्काल मन्त्रिपरिषद्मा कसैलाई पनि नपठाउने महासचिव झाले बताए ।
सूची सच्याइयो
रेणु शर्माको सट्टा नरमाया ढकाल- राष्ट्रिय जनता पार्टीले समानुपातिकबाट विजयी हुने प्रस्तावित उम्मेदवारहरूको सूची सच्याएर मंगलबार निर्वाचन आयोगमा बुझाएको छ । यसअघि राजपाले बुझाएको सूची कानुनअनुसार नमिलेको भन्दै त्यसलाई सच्याउन आयोगले पत्राचार गरेको थियो ।
राजपाले समानुपातिकबाट प्रतिनिधिसभामा ६ जनाको प्रतिनिधित्व गराउने अवसर पाएको छ । राजपालाई ६ वटै सिटमा महिला पठाउनुपर्ने बाध्यता छ । त्यसअनुसार सच्याएर पठाएको सूचीमा चन्दा चौधरी, नरमाया ढकाल, निर्जला राउत, रानी मण्डल, अम्रिता अग्रहरी र दुलारीदेवी खंगको नाम राखिएको छ ।
खस आर्य क्लस्टरबाट राजपाले पठाउनुपर्ने २ जनामा बन्दसूचीको क्रम आबद्धता मिचेर पठाइएको भन्दै आयोगले त्यसलाई सच्याउन भनेको थियो । उक्त क्लस्टरको एक नम्बरमा रहेकी नरमाया ढकालको नाम हटाएर यसअघि राजपाले निर्जला राउत र तेस्रो नम्बरकी रेणु शर्माको नाम पठाएको थियो । संशोधित सूचीमा शर्माको नाम हटाएर ढकालको नाम थपिएको छ ।
पार्टी महासचिव केशव झाले आयोगले भनेअनुसार सूचीमा आवश्यक संशोधन गरी पठाइएको जानकारी दिए । आयोगले कांग्रेस र माओवादी केन्द्रलाई समेत सूचीमा नमिलेको विषय सच्याएर पठाउन पत्राचार गरेको छ । फागुन २ भित्र सूची सच्याउन दलहरूलाई म्याद दिइएको छ । आयोगका प्रवक्ता नवराज ढकालले तीन दललाई सूची सच्याउन पत्राचार गरिएकामा राजपाबाट आवश्यक संशोधन भएर आइसकेको जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies