Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

माओवादीबाट पहाडीलाई हटाएर सिंहलाइ ल्याउने तयारी

\"\"
काठमाडाै । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद सिफारिस गरेर निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका केही नाम सच्याउनुपर्ने भएको छ । अाजकाे नयाँ पत्रिकामा खवर छ- निर्वाचन ऐन ०७४ अनुसार समावेशीसमूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनोट नभएको भन्दै आयोगको सोमबार बसेको बैठकले तीन दलको सूची अस्वीकार गरेको हो । बुधबार साँझसम्म नाम सच्याएर पुनः पठाउन तीनवटै दललाई पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समावेशिताका आधारमा समानुपातिक उम्मेदवारमा खसआर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत पु¥याएर नाम पठाउनुपर्ने उल्लेख छ । त्यससँगै ऐनको दफा ६० को उपदफा ६ मा सूचीमा यथासम्भव पिछडिएको क्षेत्र तथा अपांगता भएको व्यक्तिको समेत प्रतिनिधित्व गराउनुपर्ने प्रावधान राखिएको छ । तर, कांग्रेसले दुई, माओवादी र राजपाले एक÷एकजना त्यो प्रावधानअनुरूप नपठाएको भन्दै आयोगले अस्वीकार गरेको हो । कांग्रेसका को बाहिरिन्छन्, को पर्छन् ? कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हटाएर खस–आर्यतर्फ पुरुष र महिला गरी एक÷एकजना थपेको थियो । तर, आयोगले थपिएका दुईजनाको नाम अस्वीकार गर्दै सच्याउन भनेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । कांग्रेसका अनुसार आयोगले खसआर्य समूहको अन्तिममा रहेका पुरुष र महिलाको नाम काटेर पिछडिएको क्षेत्रमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका पुरुष र महिलाको नाम थप्न भनेको छ । आयोगको निर्देशनअनुरूप पठाउँदा खस–आर्य पुरुषको अन्तिममा रहेका मोहन पाण्डे र खस–आर्यकै महिलाको अन्तिममा रहेकी दीपशिखा शर्मा बाहिरिने छन् । उनीहरूका स्थानमा पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहको पहिलो प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका रामबहादुर विष्ट र महिलाको पहिलो नम्बरमा रहेकी रंगमती शाही सूचीमा पर्नेछन् । आयोगको निर्देशनअनुरूप बुधबार नाम सच्याएर पठाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । माओवादीबाट पहाडीलाई हटाइने, सिंह आउने आयोगले माओवादीले खस–आर्यसमूहको महिला सूचीमा रहेकी सत्या पहाडीलाई पिछडिएको क्षेत्रबाट सिफारिस गरेको भन्दै अस्वीकार गरेको छ । आयोगले उनको नाम हटाएर पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्तिलाई समावेश गरी पठाउन माओवादीलाई पत्राचार गरेको छ । माओवादीबाट खस–आर्यसमूहको प्राथमिकता क्रमको पहिलो नम्बरमा प्रेमबहादुर सिंह छन् । राजपाले प्राथमिकता क्रम मिलाएन प्राथमिकता क्रम नमिलाएको भन्दै राजपाले बुझाएको समानुपातिकतर्फको सूची आयोगले अस्वीकार गरेको छ । उसले खस–आर्यसमूहमा महिलामा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्ति सांसद बन्न अनिच्छुक रहेको पत्रसहित सूची बुझाए पनि दोस्रो नम्बरमा रहेकी नरमाया ढकालको नाम हटाएर रेणु शर्माको नाम बुझाएको थियो । आयोगले राजपालाई शर्माको नाम काटेर ढकालको नाम थपेर पठाउन पत्राचार गरेको छ । आयोगको निर्देशनअनुरूप राजपाले मंगलबार नै समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । उसले शर्माको नाम हटाएर ढकालको नाम पठाएको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies