Khabar Dabali Logo
  October 26, Mon

मेलम्ची आयोजना एक महिनामै ‘ब्रेक थ्रु’

काठमाडाैं । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

आजको नागरिकमा खबर छ-‘बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’ सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रु भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न अहिले तीव्र गतिमा काम भइरहेको छ।

७.७ किमि लामो सुरुङमार्ग रहने यो खण्डमा ५.१ किमि सुरुङको काम सकिएको छ । निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी, कन्सल्ट्यान्ट र आयोजनाका अधिकारीबीचको बैठकले एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने साझा संकल्प गरेको उपकार्यकारी निर्देशक थापाले बताए ।

सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्ष पुसमा सुरुङमार्गले जोडिएको थियो । गत पुस १४ गते ८.२ किमि लामो ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको थियो । यो दोस्रो लामो खण्ड हो । आयोजनाका अनुसार ठेकेदार कम्पनी सिएमसीले दैनिक आठ मिटरसम्म सुरुङ खनिरहेको छ । उसले यही दरलाई मात्र निरन्तरता दिए अबको ३२ दिनमै सुरुङ ब्रेक थ्रु हुनेछ।

‘ठेकेदारले दैनिक १२ मिटरसम्म पु¥याउने बाचा गरेकाले बाँकी सुरुङको काम सक्न त्यति दिन पनि नलाग्ने ठानेका छौं,’ थापाले भने । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङमार्ग बन्दैमा मेलम्ची काठमाडौं पुग्दैन । निर्मित सुरुङ ढलान र मुहानस्थल (इन्टेक) मा ड्राइभर्सन च्यानल निर्माण गरेपछि मात्र पानी आपूर्ति सम्भव हुन्छ । सुरुङ ढलानलाई त्यति समय नलाग्ने देखिए पनि ड्राइभर्सन च्यानल बनाउन ६ महिना समय लाग्न सक्ने अधिकारी बताउँछन् । ढलान सकेपछि ड्राइभर्सन च्यानलको सट्टा तत्कालका लागि अस्थायी संरचना बनाएर पानी सुन्दरीजल खसाल्ने तयारीमा आयोजना छ ।

ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता तीन महिना थपेर असार (जुन) सम्म पु¥याइएको दाबी आयोजनाका अधिकारीले गरेका छन् । ठेकेदारसँगको सम्झौता फागुन (मार्च) मा सकिँदैछ । उक्त अवधिमा सुरुङ सम्पन्न हुने देखिए पनि ढलान गर्न नभ्याउने भएपछि उसकै आग्रहमा समय थपिएको आयोजनाको भनाइ छ।

‘सबै काम सकेर थपिएको समयभित्र सुन्दरीजलमा पानी खसाल्छौं,’ उपकार्यकारी निर्देशक थापाले भने, ‘असारभित्रै उपत्यकावासीले मेलम्ची पानी पाउँछन् ।’ उनका अनुसार अहिले बाँकी सुरुङ खन्ने र ढलान गर्ने काम सँगसँगै भइरहेको छ । सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमबाट अम्बाथानतिर साढे तीन किमि सुरुङ ढलान भइसकेको छ । दुईतिरबाट मात्र काम गर्दा एकै दिन ७६ मिटरसम्म सुरुङ ढलान भएकाले यसमा धेरै समय नलाग्ने आयोजनाको निष्कर्ष छ ।

‘सुरुङ ब्रेक थ्रु गरेपछि तीन खण्डका सातै ठाउँबाट ढलानमा तीव्रता दिनेछौं,’ थापाले भने । मुहानस्थल अम्बाथानमा स्थायी च्यानल बनाउन समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी प्रकृतिको ‘कफर्ड ड्याम’ बनाएर पानी सुरुङमा प्रवेश गराउने उनले बताए । थापाले भने, ‘इन्टेकमा स्थायी संरचना बन्दै गर्छ, त्यतिन्जेल कफर्ड ड्यामबाट पानी आपूर्ति भइरहन्छ।’

सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोडमध्ये साढे आठ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । बाँकी साढे आठ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । त्यहाँ आयोजनाको मुख्य दाता एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम भइरहेको हो।

फागुन १ गते, २०७४ - ०७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top