Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सन्दीपको कमाल

\"\"काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को गत महिना भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले भाउ लगाएपछि सन्दीप लामिछाने विश्वभर चर्चामा आए । नामिबियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन–२ मा सन्दीपले चर्चा हुन लायक अर्को प्रदर्शन देखाइरहेका छन्  । डिभिजन–२ मा देखाएको प्रदर्शनले उनी कुन स्तरका खेलाडी हुन् भनेर फेरि एक पटक प्रमाणित गरेको छ । पाँच पटक एकदिवसीय विश्वकप खेलिसकेको केन्यामाथि सोमबार सन्दीपले २० रन खर्चेर ५ विकेट लिए । त्यसमा ५ ओभर त मेडन नै थियो । उनको यो प्रदर्शन लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो । अाजको कान्तिपुरमा खबर छ-अफ्रिकी मैदानमा भइरहेको प्रतियोगिताको ४ खेलमा उनले १४ विकेट लिइसकेका छन् । उनी नेपालको मात्र नभई प्रतियोगिताकै प्रमुख बलरका रूपमा देखिएका छन् । विशेष भनेको सन्दीपको प्रदर्शनले नेपाललाई विश्वकप छनोटको नजिक पुर्‍याएको छ । केन्यामाथि अन्तिम बलमा पाएको विजयले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना नजिकिएको हो । २०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । चार खेलको समाप्तिमा क्यानडा र नेपालको समान ६ अंक छ । नेपाल रन रेटमा दोसो स्थानमा छ । यूएई ४ अंकसहित क्यानडा र नेपाललाई पछ्याइरहेको छ । दिल्लीले आईपीएल अक्सनमा सन्दीपमाथि २० लाख भारुको भाउ लगाएको थियो । यो आईपीएलको सबैभन्दा न्यूनतम पारिश्रमिक हो । तर त्यसैले सन्दीपको प्रदर्शनमा ठूलो प्रभाव पारेको नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । ‘नेपाल र सन्दीपको हिसाबमा हेर्ने हो भने सही समयमा उनको छनोट आईपीएलमा भयो । उनले खुला दिमागले खेल्न पाए । आईपीएल छनोटले उनको मनोबल उच्च बनाएको छ,’ नेपालका पूर्वकप्तान दासले भने, ‘पहिला पनि उनी बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको अक्सनमा पनि परेका थिए, तर त्यसमा छनोट नहुँदा अलिक मलिन देखिन्थे ।’ ०१६ मा बंगलादेशमा आईसीसी यू–१९ मा दास नेपाली टोलीका सहायक प्रशिक्षक थिए । सन्दीपले नेपालबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा त्यही १४ विकेट लिएपछि धेरैको ध्यान तानिएको थियो । आयरल्यान्डसँग त उनले ह्याट्रिक विकेट नै लिएका थिए । यू–१९ विश्वकपमा यो केवल पाँच पटक सम्भव भएको छ । नामिबियामा सन्दीप बलिङमा आएपछिको पहिलो ओभरमै विकेट लिँदै आएका छन् । उनी नामिबिया र केन्यासँगको खेलमा ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक नै नलिए पनि उनको लेग स्पिन विपक्षीका लागि निकै भारी परिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार हालेको भिडियोमा उनको गुगली बल खेल्न केन्याका ब्याट्सम्यानले भेउ नपाएको देखिन्छ । सन्दीपको यो आत्मविश्वासी प्रदर्शन आईपीएलमा छनोटकै कारण बढी भएको भन्न हिचकिचाउँदैनन् दास । ‘एसोसिएट राष्ट्रका खेलाडी आईपीएलमा परेकाले उनलाई सबैले नजर गरिरहेको हुन्छ, यसले विपक्षी टोलीलाई छुट्टै योजना बनाएर खेल्न दबाब दिन्छ,’ दासले भने, ‘यसभन्दा अघि नेपालबाट नियमित विकेट लिइरहँदा वसन्त रेग्मीसँग विपक्षी टिम निकै होसियार साथ खेल्थे । अहिले त्यो भूमिकामा सन्दीप आएका छन् ।’ नामिबियाकै प्रदर्शन हेर्ने हो भने पनि सन्दीप नेपाली टोलीका स्ट्राइक बलर बनेका छन् । वसन्तले ०१२ मा मलेसियामा भएको डिभिजन–४ मा २१ विकेट लिएका थिए । राष्ट्रिय टोलीबाट एकै प्रतियोगितामा नेपाली खेलाडीको सबैभन्दा बढी विकेट लिने कीर्तिमान यही हो । दुई खेल बाँकी रहँदा सन्दीप त्योभन्दा ७ विकेटले मात्र पछाडि छन् । सन्दीपको प्रदर्शनमा दिल्ली डेयरडेभिल्स निरन्तर समाजिक सञ्जालमा छाइरहेको छ । प्रश्न अर्को एउटा के छ भने सन्दीपले दिल्लीबाट दुई महिनापछि हुने आईपीएलमा खेल्ने मौका पाउलान् ? सन्दीपले जुन प्रदर्शन दिएका छन्, त्यसले सम्भव नहोला भन्न सकिन्न । उनको आत्मविश्वास नै उनको प्रदर्शनको आधार रहेको मान्दै दास भन्छन्, ‘लेग स्पिनरलाई सुरुमा भिज्न समय लाग्छ, जसलाई आक्रमण गर्‍यो भने विपक्षी फस्न सक्छ । र, विशेषता भनेको बल लाइनमा फाल्नु हो, शर्ट बल होइन । लेग स्पिनको सबैभन्दा हतियार भनेको आत्मविश्वास हो, जुन सन्दीपमा छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies