Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

व्यापारीको पोल्टामा समावेशी कोटा, यी हुन् धनाढ्यहरु सांसद्

\"\"काठमाडौं । समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन् । नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, ठेकेदार जीपछिरिङ लामा र उद्योगी सूर्यबहादुर केसी पैसाको बलमै सांसद बन्न लागेका हुन् । अाजको अन्नपूर्णमा खबर छ-नेपालका सबैभन्दा धनी खर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसको मधेसी कोटाबाट सांसद् बनाएको हो । चौधरी मधेसी कोटामा अमेरिकाको फोर्ब्स पत्रिकाको विश्वका धनी व्यक्तिको सूचीमा रहेका नेपालका एकमात्र खर्बपति चौधरीको नाम मधेसी कोटाको एक नम्बरमा छ। उनीभन्दा पछि कांग्रेस पुराना र त्यागी नेता स्मृतिनारायण चौधरीको नाम छ। चौधरी ग्रुपका मालिक विनोदलाई यसअघि एमालेले समानुपातिकबाट सभासद् बनाइसकेको छ। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा एमालेबाट चौधरी सभासद भएका थिए। विश्वका खर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी एक हजार ३ सय ६ औँ स्थानमा छन्। अमेरिकाबाट प्रकाशित पत्रिका ‘फोर्ब्स’ले सार्वजनिक गरेको सूचीअनुसार चौधरीसँग एक अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति छ। श्रेष्ठ फेरि सांसद बने निजी विद्यालय अर्थात बोर्डिङ स्कुल चलाएर करोडपति बनेका निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन(प्याब्सन) का पूर्वअध्यक्ष उमेश श्रेष्ठ पनि समानुपातिकबाट सांसद् बनेका छन्। कांग्रेसले आदिबासी जनजाति कोटाबाट श्रेष्ठलाई सांसद बनाएको छ। भोजपुरबाट एसएलसी गरेर खाली हात काठमाडौं छिरेका श्रेष्ठ लामो समयसम्म प्याब्सनको नेतृत्वमा रहे। ख्यातिप्राप्त निजी विद्यालय लिटिल एन्जल्सका मालिक श्रेष्ठमाथि निजी विद्यालयका माफियाको आरोप पनि लाग्ने गरेको छ। उनले निजी विद्यालय चलाएर नै करोडौँ पैसा कमाएका छन्। बैक तथा वित्तीय संस्थामा समेत उनको ठूलो लगानी छ। श्रेष्ठ प्राइम बैँकको अध्यक्ष भइसकेका छन्। उनले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन समेत कांग्रेसबाटै समानुपतिक सभासद बन्ने अवसर पाएका थिए। यसअघि सांसद हुदाँ निजी विद्यालयलाई सहकारी मार्फत सञ्चालन गर्ने सरकारले तयारीमा श्रेष्ठ बाधक बनेका थिए। बैंकर समेत रहेका श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ‘बाफिया’ को संशोधन प्रस्ताव रोक्ने प्रयास गरेका थिए। जिपछिरिङ फेरि सांसद् ठेकेदार जिपछिरिङ लामाले सांसद बन्ने सौभाग्य पाएका छन्। दोलखाका ठेकेदार एवम् नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् लामा। कांग्रेसका तर्फबाट उनी आदिबासी जनजातिको भागमा सांसद बन्दैछन्। उनले यसअघि पनि कांग्रेसबाट सांसद बन्ने मौका पाइसकेका छन्। एमालेबाट दुगड सेन्चुरीयन ग्रपका मोतीलाल दुगडलाई एमालेले समानुपातिकबाट सांसद बनाएको छ। समानुपातिक चार पुरुष सांसद बन्ने अवसर पाउँदा दुगडले मौका पाएका छन्। दुगड एमालेको मधेसी कोटाबाट सांसद बन्ने एक मात्र भाग्यमागी हुन्। उनी भारतबाट आएर काठमाडौँमा बस्दै अर्बपति बनेका व्यापारी हुन् । एमालेको मधेसी सूचीको एक नम्बर रहँदै दुगड सांसद बनेका छन्। दुगड २०६४ सालमा सदभावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सांसद बनेका थिए। २०७० सालमा उनले नव नेपाल पार्टी खोले । तर यो पार्टीले दोस्रो संविधान सभाको निर्वाचनमा १३९८ मत मात्र ल्यायो। त्यसपछि दुगडले नव नेपाल पार्टीलाई एमालेमा विलय गराएका हुन्। राराका मालिक पनि सूर्यबहादुर केसी पोखराका उद्योगी हुन्। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि मात्रै राप्रपा छोडेर कांग्रेस प्रवेस गरेका केसीले समानुपातिकको खसआर्य कोटाबाट सांसद बन्ने अवसर पाएका छन्। केसी रारा चाउचाउको उप्पादक उद्योग हिम श्री फुड्सका कार्यकारी अध्यक्ष हुन्। उनले जलविद्युतको क्षेत्रमासमेत लगानी गर्दै आएका छन्। उनी पोखरा नगर पञ्चायतको प्रधानपञ्च देखि पहिलो संविधान सभामा राप्रपाबाट सभासद पनि समेत भए। सांसदमा हरेक वर्ग र क्षेत्रको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उद्देश्यका साथ निर्धारण गरिएको व्यवस्थाको गतल फाइदा उठाउँदै दलहरुले धनाढ्य व्यापारीलाई सांसद बनाएका हुन् । समावेशी कोटामा धनाढ्य व्यापारीलाई सांसद बनाउदाँ पार्टीमा लामो समयदेखि योगदान गरेका र त्यागी इमान्दारहरु पाखा लाग्न बाध्य भएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies