Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पृथ्वीसुब्वा गुरूङ : हली हड्तालदेखि प्रदेश ४ को मुख्यमन्त्रीसम्म

\"\"पोखरा । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ६० सदस्य भएको प्रदेशसभामा २७ सदस्य रहेको नेकपा (एमाले)का संसदीय दलको नेता गुरुङलाई १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र) को समर्थन छ । हलीको ज्यालावृद्धिको आन्दोलनदेखि प्रदेशको मुख्यमन्त्रीसम्म बन्न सफल गुरुङ हाल लमजुङ प्रदेश (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य छन् । एमालेमा प्रभावशाली नेताका रुपमा आफ्नो उपस्थिति देखाउँदै आएका गुरुङ लमजुङको साविक गिलुङ गाविस वडा नं ८, टक्सार (हाल क्व्होलासोंथर गाउँपालिका वडा नं ९) मा २०१४ साल फागुन २ गते पिता स्व गंगाप्रसाद गुरुङ र माता स्व चिनी गुरुङबाट जेठो सन्तानका रुपमा जन्मिएका हुन् । श्रीमती कुमारी मुनी गुरुङसहित चार छोरी र एक छोराका अभिभावक गुरुङले प्राथमिक शिक्षा त्रिग्राम विद्या मन्दिर, गिलुङ (२०१९–२०२४) बाट हासिल गरेका थिए । इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार, लमजुङबाट विसं २०३० सालमा एसएलसी उतीर्ण गरेका गुरुङले २०३२ सालमा अमृत साइन्स क्याम्पस, लैनचौरबाट २०३२ सालमा आइएस्सी गरेका थिए । अमृत साइन्स क्याम्पसबाटै २०३४ सालमा उनले प्रथम श्रेणीमा बिएस्सी उतीर्ण गरेका थिए । विसं २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिव निर्वाचित भई आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङ २०३१ सालमा अमृत साइन्स क्याम्पस छात्रावासमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (माले) को सम्पर्कमा पुगेका थिए । २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित भएका गुरुङ २०३६ सालमा माले पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य बने । विसं २०३७ साल फागुन ७ गते मालेको पार्टी सदस्यता प्राप्त गरेका उनी २०४० वैशाखमा माले जिल्ला संगठन कमिटीको सदस्य बने । २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित गुरुङ २०५१ फागुन १०–११ को दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुनःनिर्वाचित बने । विसं २०५४ माघ ९ देखि १४ गतेसम्म नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित उनी २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भई जिम्मेवारी सम्हाले । एमालेको केन्द्रीय कमिटी सदस्यमा २०६० मा मनोनित बनेका गुरुङ २०६० मा एमाले केन्द्रीय कमिटी सदस्य, २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुख, २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति फाँट इञ्चार्जका रुपमा जिम्मेवारी सम्हालेका थिए । एमालेको २०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी २०६५ मा पार्टी पोलिटब्यूरो सदस्य निर्वाचित बने भने २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रहे । पार्टीको २०७१ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित उनी २०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् । गुरुङसँग सामाजिक पेशागत एवं सामुदायिक क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका धेरै अनुभव छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष, जिल्ला खेलकुद विकास समिति लमजुङको सदस्य, जनपक्षीय मञ्च लमजुङको जिल्ला संयोजक, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको लमजुङ जिल्ला संयोजक तथा गण्डकी क्षेत्रीय कमिटीको कोषाध्यक्ष जस्ता धेरै ठाउँमा नेतृत्व गरेका छन् । त्यस्तै, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक हुँदै २०६३ असोज ४ गतेदेखि एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाका छन् भने २०७३ कात्तिकमा सम्पन्न नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित बनेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङ नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा २०३७÷२०३८ मा दुईपटक हिरासतमा परेका थिए भने २०४०÷४१ को शिक्षक संघर्षमा १४ दिन प्रहरी हिरासतमा परे । शिक्षक संघर्षको सफल नेतृत्व गर्दै लमजुङ जिल्ला संघर्षको अग्रस्थानमा रहेका उनले २०३८ सालमा एमाले इलाका पार्टी संगठन कमिटीको तर्फबाट टक्सारमा ज्याला वृद्धिका लागि हली हड्तालको नेतृत्व गरेका थिए । त्यस्तै, २०३९ सालमा कृषि मजदुरको ज्याला वृद्धिका लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेका गुरुङ २०४१ देखि २०४४ साल सम्म घरवारविहीन किसान, सिकर्मी, डकर्मीको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको वैचारिक नेतृत्व गरेका थिए । २०४१ सालमा नेकपा (माले) लमजुङ जिल्लाको प्रतिरोधीदलको राजनीतिक कमिसारको जिम्मेवारी बहन गरेका उनले २०४५ सालमा मालेद्वारा सञ्चालित पञ्चायत विरोधी संघर्षका लागि गठित संयुक्त संघर्ष समिति, माले लमजुङको संयोजकको भूमिका निर्वाह गरेका थिए । २०४२ असार ७ गते पक्राउ परी १०० दिन प्रहरी हिरासतसहित ११ महिना शान्ति सुरक्षा ऐनअन्तर्गत लमजुङ कारावासमा थुनामा रहँदा कारावासमा रहेर नै रापंस जनपक्षीय उम्मेदवार भई भण्डाफोर अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गरेका थिए । २०४६ सालमा पञ्चायती व्यवस्था विरोधी संयुक्त जनान्दोलन लमजुङमा संयोजकको भूमिका निर्वाह गरेका उनले ०४७ मा मालेको तर्फबाट बहुदल प्रचार समितिको संयोजक भई काम गरेका थिए । पञ्चायती व्यवस्थाको भण्डाफोर अभियानका लागि पञ्चायती मञ्चको उपयोग नीतिअनुसार मालेका तर्फबाट जनपक्षीय राष्ट्रिय पन्चायत सदस्य (रापंस) उम्मेद्वार बनेका उनी२०६३ मा एमालेको राज्य पुनःसंरचनासम्बन्धी कार्यदलको सदस्य बने भने २०६४ चैत १८ देखि २०६५ साउनसम्म नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालेका थिए । लमजुङ क्षेत्र नं २ बाट २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनी विजयी बनेका गुरुङ पहिलो संविधानसभामा (२०६५–०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य तथा व्यवस्थापिका–संसद् (२०६५–०६९) मा प्राकृतिक स्रोत साधन समितिको सदस्य थिए । दोस्रो संविधानसभाको निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट ६७२ मतले पराजित गुरुङ २०६६ मा पार्टी विधान सम्पादन कार्यदलको सदस्यमा मनोनित भई काम गरे भने ०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको चुनावमा लमजुङ प्रदेश (ख) बाट सात हजार ९८६ मतान्तरले विजयी बने । गुरुङले भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तर कोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथियोपिया, बहराइन, कतार, संयुक्त अरव इमिरेट्स भ्रमण गरेका छन् । देश र जनताको सेवालाई नै आफ्नो महत्वपूर्ण इच्छा भएको बताउने गुरुङ इतिहास र दर्शनशास्त्रको अध्ययन गर्न रुचाउछन् । फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, कुस्ती, चेस, टेनिस, क्रिकेट हेर्न र खेल्न रुचि राख्ने उनी प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, ग्रामीण स्थानको अध्ययन र भ्रमण गर्नका साथै गीत, संगीतमा विशेष रुचि राख्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies