Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रदेशसभा २ को दोस्रो बैठक सम्पन्न, के-के भयो बैठकमा ?

\"\"जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक आज सम्पन्न भयो । दिउँसो १ः५५ बजे शुरू भएको बैठक २ः०५ बजे सकिएको हो । निर्धारित समय भन्दा ५५ मिनेट ढिलो गरी शुरू भएको बैठक १० मिनेटसम्म बसेको थियो । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादवको प्रदेश नं २ को नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सदस्यहरूको नामावलीसहितको प्रस्तावलाई बैठकमा निर्णायार्थ प्र्रस्तुत गर्दा सर्वसम्मतिले सो प्रस्ताव पारित गरिएको थियो । सो समितिमा प्रदेशसभा सदस्य रामआशिष यादव, सञ्जयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डा डिम्पलकुमारी झा, रमेशप्रसाद कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलीपकुमार साह, सावित्री देवी साह र शेष अबुलकलाम आजाद रहेका छन् । प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादवले नियमावली मस्यौदा समितिमा रहनु हुने सदस्यहरूको नामावलीको प्रस्ताव बैठकमा प्रस्तुत गर्दा प्रदेशसभा सदस्यहरू मनिष सुमन, प्रमोदकुमार यादव, शोभा लामा, ज्वालाकुमारी साह, सावित्रीदेवी साह र अबुलकलाम आजादले समर्थन गरेका थिए । प्रदेशसभाले कार्य सञ्चालन, बैठकको सुव्यवस्थापन, समितिहरूको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्न र सभाको काम कारबाहीलाई प्रभावकारी र समय सापेक्ष बनाउन मद्दत र नियमावली निर्माणमा आइपर्ने अन्य कार्य गर्ने सो समितिको कार्य क्षेत्र रहेको छ । ज्येष्ठ सदस्य चौधरीले कार्य व्यवस्था परामर्श समितिले पुरूष मर्यादा पालकलाई क्रिम कलरको सफारी सुट र महिला मर्यादापालकलाई क्रिम कलरको साडी र चोलो १५ दिनभित्र व्यवस्थापन गर्न निर्णय गरिएको जानकारी गराए । त्यस्तै, कार्य व्यवस्था समितिद्वारा प्रदेशसभामा मधेश आन्दोलन र जनयुद्धका शहीदको प्रतीकात्मक तस्बिर राख्ने निर्णय गर्नुका साथै आजको बैठकको कार्यसूचीमा राखिएको उपसभामुखको निर्वाचनको तिथि तोकिने प्रस्तावलाई कार्यसूचीबाट हटाइएको उनले जानकारी गराए । प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ । प्रदेश नं २ का प्रदेशसभाका मर्यादापालकका लागि क्रिम कलरको पोशाक निर्धारण गरिएको छ । कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । समितिका सदस्य रामसरोज यादवका अनुसार पुरूष मर्यादापालकका लागि गर्मी याममा क्रिम कलरको सफारी सुट र जाडो याममा सोही कलरको वण्डी (इस्टकोट), स्वेटर तथा महिला मर्यादा पालकका लागि क्रिम कलरको साडी र चोलो पोशाक निर्धारण गरिएको छ । १५ दिनभित्र सो पोशाकको व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ । यसअघि सर्वदलीय बैठकद्वारा प्रदेशसभा सदस्यको पोशाकमा खैरो रङको बण्डी निर्धारण गरिएकामा आजको कार्य व्यवस्था परामर्श समितिको बैठकले सो रङ परिवर्तन गर्ने निर्णय गरेको छ । समितिले प्रदेशसभा सदस्य शत्रुघन महतोलाई प्रदेशसभा सदस्यको पोशाकको रङ चयन गर्न जिम्मेवारी दिएको छ । त्यस्तै, प्रदेशसभामा मधेश आन्दोलन र जनयुद्ध (प्रदेशका) शहीदका प्रतीकात्मक तस्बिर राख्ने निर्णयसमेत गरिएको छ । यसअघि माघ २१ गते प्रदेशसभाको पहिलो बैठकमा प्रदेशसभामा मधेशका आन्दोलनका शहीदका तस्बिर नराखिएकोमा मधेशवादी दलका प्रदेशसभा सदस्यहरूले बैठक अवरूद्ध गरेका र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले जनयुद्धका शहीदका तस्बिर राख्नुपर्ने माग गरेकामा आजको कार्य व्यवस्था समितिले मधेश आन्दोलनका शहीद र जनयुद्ध (प्रदेश) का शहीदको तस्बिर राख्ने निर्णय गरेको जनाइएको छ । कार्यव्यवस्था परामर्श समितिमा ज्ञानेन्द्रकुमाार यादव, योगेन्द्र राय यादव, सुरिताकुमारी यादव, मनिष सुमन, शत्रुघन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, रामकुमार यादव, ज्वालाकुमारी साह, सावित्रीदेवी साह र शेख अबुल कलाम आजाद रहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies