Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बबरमहलमा १७ तले सरकारी भवन बन्ने

\"\"काठमाडाैं । सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकैठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृतरूपमा एउटै प्रशासनिक भवन निर्माण गर्न लागेको हो। शहरी विकास तथा भवन निर्माण विभागले एकीकृत भवन निर्माणका लागि स्थान छनोट र भवनको डिजाइनको काम अन्तिम चरणमा पुर्याएको छ। बबरमहलस्थित वन विभाग परिसरभित्रको ८५ रोपनी जग्गामा १७ तलाको आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको हो। आजको नेपाल समाचार पत्रमा खबर छ-देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसरभित्रबाटै सञ्चालन हुँदै आएको छ। सिंहदरबारभित्र नै सबै मन्त्रालय रहेका छन्। जसको कारण नागरिकले एउटै परिसरभित्र सबै मन्त्रालयस्तरका सेवा सुविधा लिने गरेका छन्। मन्त्रालय मातहत रहेका विभागहरू भने छरिएर रहेका छन्। जसका कारण सेवाग्राहीले सेवा लिनका लागि विभिन्न स्थानमा धाउनुपर्ने बाध्यता रहेको छ। एउटै भवनमा सबै विभागलाई समावेश हुने गरी प्रशासनिक केन्द्र निर्माण गर्न लागेको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मनिराम गेलालले बताए। उनले भने, ‘भवनको निर्माण कार्य अगाडि बढाउन यसै वर्ष खरिदको प्रक्रिया अगाडि बढाउँछौं।’ उनका अनुसार विभागका कार्यालयहरू सबै अटाउने गरी भवन निर्माण हुनेछ। केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एउटै कार्यालयबाट सेवा प्रदान गर्ने उद्देश्यको साथ सरकारले प्रशासनिक केन्द्रको अवधारणा अगाडि सारेको हो। शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर मचकाजी महर्जनले प्रशासनिक केन्द्रको स्थापना भएपछि भौतिक पूर्वाधार खानेपानी, शौचालय, फोहोरमैला व्यवस्थापनलगायत शान्ति सुरक्षाको व्यवस्थामा सुधार हुनुको साथै मितव्ययीतासमेत हुने बताए। ‘एउटै छातामार्फत विभागीय सेवा भवनबाट प्रदान हुन्छ’, महर्जनले भने– ‘छरिएर रहेका विभागीय कार्यालयका कारण सेवाग्राहीले हैरानी खेप्दै आएका छन्, सहजरूपमा सेवा प्रवाह गर्नका लागि प्रशानिक भवन निर्माणको अवधारणा अगाडि बढाइएको हो।’ प्रशासनिक भवन निर्माणका लागि २०७१ सालमा नै बबरमहलस्थित ५८ रोपनी सरकारी जग्गामा विभागले विज्ञ परामर्शदातामार्फत सम्भाव्यता अध्ययन गरेको थियो। केन्द्र स्थापनाका लागि जग्गाको चारैतिर सार्वजनिक बोटाले घेरिएको, हाल निर्माण भएको सरकारी भवनहरू कुनै पनि मास्टर प्लानबिना नै निर्माण भएकाले सो स्थानमा नै प्रशासनिक केन्द्र स्थापना गर्न सहज हुने निष्कर्ष विभागले निकालेको थियो। अधिकाशं भवनहरू पुरानो भएको र ती भवनहरू भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण रहेकाले सो स्थानमा एकीकृत प्रशासनिक केन्द्र स्थापना गर्ने निष्कर्षमा पुगेको शहरी विकास तथा भवन निर्माणका महर्जनले बताए। हाल भवन निर्माण गर्ने स्थानमा वन विभाग, समितिहरू, तालिम केन्द्र, राजनीतिक संघसंस्थाहरू गरी २३ वटा सरकारी कार्यालयहरू रहेका छन्। निर्माण हुने प्रशासनिक केन्द्रको ३ वटा ब्लकहरू रहनेछन्। भवनमा माथिल्लो तल्लाहरूमा ठूलाठूला सिसायुक्त झ्यालहरू राखी पर्याप्त सूर्यको प्रकाशको सदुपयोग गर्ने अवधारणामा लिइएको बताउँदै विभागका सिनियर डिभिजन इन्जिनियर महर्जनले भूमिगत तल्लालाई जमिन सतहभन्दा ३ फिटमाथिसम्म हुने गरी प्रकाश र हावाको भेन्टिलेसनको व्यवस्था गरेर निर्माण गरिने बताए। भवनको पहिलो २ तल्लामा ३ सयदेखि ५ सयवटा मोटरसाइकल पार्किङ गर्ने व्यवस्था गरिनेछ भने चौथौ तल्लामा कार्यालय,चौधौं तल्लामा मल्टिपर्पोज हल र सोह्रौं तल्लामा रेस्टुरेन्ट रहनेछ। प्रशासनिक केन्द्रको भवन निर्माणका लागि ६ अब रूपियाँ लाग्ने अनुमान गरिएको विभागका सिनियर डिभिजन इन्जिनियर महर्जनले बताए। प्रशासनिक भवन आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य विभागले लिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies