Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमाले-माअोवादीका संगठनले भारतमा मनाए संयुक्त जनयुद्ध दिवस

\"\"भारत । नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च र नेकपा एमाले निकट प्रबासी नेपाली संघ भारतको संयुक्त आयोजनामा आइतबार भारतको फरिदाबादस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २३ औं जनयुद्ध दिवस सयुक्त रूपमा सम्पन्न गरिएको छ । \'वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता, सवल र समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसहित\' वाम गठबन्धनको प्रदेशसभा र प्रतिनिधिसभाको जीतलाई स्वागत गर्दै प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मंचको समुक्त आयोजनामा जनयुद्ध दिवस मनाइएको हो । कार्यक्रममा अखिल भारत नेपाली एकता मंचका केन्द्रीय अध्यक्ष इशरी भण्डारीको अध्यक्षता रहेको थियो भने प्रवासी नेपाली संघ भारतकी केन्द्रीय उपाध्यक्ष सीता अधिकारीद्वारा कार्यक्रम संन्चालन गरिएको हो । कार्यक्रम ज्ञात आज्ञात सहिदहरुको सम्झनामा मौन धारण गर्दै अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिव आरबी खड़काको स्वागत मन्तव्यबाट सुरु भएको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लक्षमण पन्तको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अथितिका रूपमा प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी , अखिल भारत नेपाली एकता मंचकि केन्द्रीय सचिब उषा थापा खड़कालगायतको उपस्थिति रहेका थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्चकि केन्द्रीय सचिव खड्काले वाम एकता राष्ट्रको युगान्तकारी परिवर्तनका लागि अहिलेको आवस्यकता रहेको बताउँदै नेपाली जनताले विगत ७० वर्षदेखि अनेकौं शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरू सञ्चालन गर्दै यहाँसम्म आएको र यी संघर्षका क्रममा हजारौं योद्धाहरूले आफ्नो जीवन बलिदान गरेको , हजारौं योद्धा बेपत्ता भएको , हजारौं घाइते र अंगभंग भएको भन्दै परिवर्तनको लडाइँ र त्यसमा बलिदान दिने महान सहिद हरुलाइ कहिलै बिर्सेन नसक्ने बताएकि छिन । नेपालमा सयौ वर्षदेखि चल्दै आएको एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र जनताको आफ्नै संविधान समेत निर्माण गरिसकेको अबस्थामा प्राप्त उपलब्धि लाई रक्षा गर्दै देशलाई बिकासको गतिमा अगाडि लैजान सबै बामपंथी एक भएर लाग्नुपर्ने उनको भनाइ थियोे । उक्त कार्यक्रममा उपस्थित ज्ञान बहादुर केसी , किशन बोहरा मानु क्षेष्ठ अर्जुन दयाल , सूर्य राना प्रवासी नेपाली संघ भारत केंद्रीय सचिवालय सदस्य राम बहादुर डीसी मोहन थापा महिला नेतृ इशरी भण्डारी प्रवासी नेपाली संघ भारत राज्य नेता हेमंत अधिकारीलगायत सबैले बामपंथी एकताको विकल्प नरहेको भन्दै नेतृत्वले जनताको म्यान्डेटलाइ बिर्सन नमिल्ने धारणा राखेका थिए भने एमालेले पनि जनयुद्ध र सहिदहरु प्रति सधै सम्मान गर्न बताएका थिए । झन्डै ३ घन्टा लामो कार्यक्रममा महान जनयुद्ध ,जन आन्दोलन र परिबर्तनका खातिर विभिन्न समयमा गरिएका आन्दोलनहरुमा सहादत प्राप्त गर्न ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै सम्मान समेत गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies