Khabar Dabali Logo
  October 26, Mon

मुख्यमन्त्री कार्यालयसहित चार मन्त्रालय सञ्चालनमा

काठमाडाैं । प्रदेश ७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित चार मन्त्रालय सञ्चालनमा आएका छन् । आइतबारसम्म आन्तरिक मामिला र कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कामकाज सुरु गरेका छन् ।

अाजको नयाँ पत्रिकामा खबर छ-प्रदेशका अन्य तीन मन्त्रालय सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले खटाएका कर्मचारी नआएका कारण सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका सचिव प्रदीपराज कँडेलले बताए ।

सञ्चालनमा आएका चारै मन्त्रालयले प्रशासनिक कामकाज सुरु गरिसकेका छन् । यद्यपि, कार्यक्षेत्र स्पष्ट नभएकाले कर्मचारी भने अन्योल देखिन्छन् ।

सरकारले प्रदेश ७ का मन्त्रालय, संसद् सचिवालय र प्रदेश प्रमुखको कार्यालयका लागि दुई सय ८७ कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेको थियो । जसमध्ये एक सय पाँच कर्मचारी खटाइएकोमा ३४ जना कर्मचारी मात्रै सम्पर्कमा आएको सचिव कँडेलले बताए ।

अहिले प्रदेश प्रमुखको कार्यालयमा १०, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नौ, संसद् सचिवालयमा चार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा तीन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दुई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा एक कर्मचारी हाजिर भएका छन् ।

कर्मचारी नआउँदा मन्त्रालय सञ्चालमा समस्या
यो प्रदेशका सामाजिक विकास, भौतिक पूर्वाधार र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले खटाएका कर्मचारी सम्पर्कमा नआउँदा मन्त्रालय सञ्चालनमा ल्याउन नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए ।

वडा प्रहरी कार्यालयनजिकै बन्दै गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवनमा सामाजिक विकास मन्त्रालय राख्ने तयारी छ । भौतिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सिँचाइ निर्देशनालयको भवन र आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि आन्तरिक राजस्व कार्यालयको भवन उपयोग गरिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए ।

माघ २९ गते, २०७४ - ०७:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top