Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रचण्ड भन्छन्-एक–दुई दिनमै वार्ता टुंगिएलाजस्तो छ

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए । काठमाडौं फर्किएपछि एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल हुने भन्दै उनले छिटै एकता प्रक्रिया टुंगोमा पुग्ने संकेत गरे । अाजको नयाँ पत्रिकामा खबर छ-‘म काठमाडौं गएपछि ओलीजीसँग कुराकानी हुन्छ । मेरो चाहना छ, दुई–तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्,’ प्रचण्डले भने, ‘पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।’ एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्‍याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर चल्दै आएको ‘वान अन वान’ छलफल अल्झिएपछि एमाले नेताहरूले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्‍याउने निष्कर्ष निकालेका हुन् । १७ असोजमा एकता घोषणापछि दुवै पार्टीका अध्यक्षबीच दुई दर्जनभन्दा बढी भेटघाट र छलफल भइसकेको छ । पछिल्लोपटक २५ माघमा ललितपुरको मानभवनस्थित एक घरमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछिको नेतृत्व टुंगो लगाएर एकतालाई निर्णायक मोड दिनुपर्ने प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावपछि आन्तरिक परामर्श गरेर एकता संयोजन समितिको बैठकबाट वार्तालाई नयाँ मोड दिने समझदारीसहित दुवै नेता उठेका थिए । भोलिपल्टै चितवन पुगेका प्रचण्ड आइतबारसम्म विभिन्न कार्यक्रममा व्यस्त रहे भने ओली प्रदेश सभा संसदीय दलको निर्वाचन, आन्तरिक परामर्श, स्थायी समिति बैठक र अन्य कार्यक्रममा व्यस्त बने । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले अहिले जुन किसिमबाट हिँडिरहेको छु, त्यसबाट देश र जनतालाई फाइदा नपुग्ने लाग्यो भने आफूले तत्काल फड्को मार्न सक्ने अभिव्यक्ति दिएपछि कतिपयले त्यसलाई एकता नहुने नकारात्मक अर्थमा टिप्पणी गरे । प्रचण्डले अभिव्यक्ति दिएको केही घन्टाकै फरकमा ओलीनिवास बालकोटमा एमाले शीर्ष नेताहरू छलफलमा जुटे । प्रचण्डको अभिव्यक्ति र ओलीको शीर्ष नेतासँगको परामर्श संयोग भए पनि एमाले नेताहरूले उनको पछिल्लो अभिव्यक्तिबारे पनि सामान्य छलफल मात्रै गरेनन्, एकताको नयाँ मोडालिटी प्रस्ताव गरेर निर्णायक मोड दिने निष्कर्ष नै निकाले । स्रोतका अनुसार एकीकृत पार्टीको नेतृत्वमा प्रचण्डलाई प्रमुख स्थान दिएर एकताको ‘स्पिरिट’लाई सम्मान गर्ने, दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापन गर्ने नयाँ मोडालिटी प्रस्ताव गरेर छलफललाई निष्कर्ष दिनुपर्ने सुझाब शीर्ष नेताहरूले ओलीलाई दिएका छन् । ‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्दै वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ,’ बालकोट छलफलबारे वरिष्ठ नेता झलनाथ खनालले भने । उनले सैद्धान्तिक र वैचारिक पक्षमा दृढतापूर्वक उभिएर छलफल गर्ने र नेतृत्वको सवालमा लचकता अपनाउने गरी अध्यक्षलाई ‘म्यान्डेट’ दिइएको प्रस्ट संकेत गरे पनि मोडालिटी स्पष्ट पारेनन् । छलफलमा एमालेबाट वरिष्ठ नेता खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए ।   सरकारअघि राजनीतिक खाका, फागुनभित्र एकता : प्रदीप ज्ञवाली  छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । दुवै पार्टीका नेताको अधिकतम व्यवस्थापन कसरी गर्नेबारे छलफल हुन्छ, तर पदीय बाँडफाँडकै कारण एकतामा अनावश्यक विलम्ब हुँदैन । सरकार गठनअघि पार्टी एकताको राजनीतिक खाका बन्छ, फागुनभित्र पार्टी एकता सम्पन्न हुन्छ । दुवै अध्यक्ष छिटै निचोडमा पुग्दै हुनुहुन्छ : जनार्दन शर्मा  मुख्य दुई नेताबीचको छलफल अब छिटै निष्कर्षमा पुग्दै छ । अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई मैले देशको आवश्यकतामा फड्को मार्ने एउटा स्पिरिटका रूपमा बुझेको छु । उहाँको अभिव्यक्ति एकताविरोधी होइन किनभने उहाँ एकताका पक्षमा दृढ हुनुहुन्छ । दुवै नेता एकता गर्नकै लागि दृढ हुनुभएकाले छिटै एउटा निचोडमा पुग्नुहुनेछ । कुराकानी हुँदा नेतृत्व, विचार, संगठनलगायत सबै विषयमा छलफल हुन्छ । तर, सानो कुरामा विभिन्न खाले समाचार बन्ने वातावरण रहे पनि दुई अध्यक्षबीचको छलफल धेरै सकारात्मक छ । ओली र प्रचण्डबीच सोमबार छलफल  एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार छलफल हुने भएको छ । आइतबार बस्ने भनिए पनि प्रचण्ड व्यस्त रहेका कारण भेटवार्ता हुन नसकेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । ‘उहाँहरूबीच सोमबार कुराकानी हुन सक्ने सम्भावना छ,’ ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने । एकता संयोजनबाट कार्यदल बनाउने तयारी  दुई नेताबीच सैद्धान्तिक–वैचारिक र सांगठनिक एकताको मोडालिटीमा आन्तरिक समझदारी भएपछि ठोस रूप दिने गरी छुट्टाछुट्टै कार्यदल बनाएर गृहकार्य अघि बढाउने पछिल्लो समझदारी भएको छ । कार्यदलको गृहकार्य टुंगिएपछि एकता अन्तिम चरणमा पुग्ने दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन् । नेतृत्वका लागि अध्यक्ष, सहअध्यक्ष र महासचिव, दुवै नेता अध्यक्ष या सहअध्यक्ष हुने, एउटालाई सर्वोच्च नेता बनाएर दुवै पार्टीबाट सहअध्यक्ष प्रमुख नेताका रूपमा रहनेलगायतका मोडालिटी छलफलमा छ । वामदेवले प्रस्ताव गरे माले–माक्र्सवादी मोडल  एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ । माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेका थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एकजनालाई राष्ट्रपति पनि बनाउन सकिने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies