Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सरकार गठनअघि एकताको खाका

\"\"काठमाडाैं । एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ । स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए। दाहाल र ओलीबीच सोमबार छलफल हुने तयारी छ । आजको अन्नपूर्णमा खबर छ-‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि अन्नपूर्णसँग सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ। सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’ फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। पार्टीसचिव ज्ञवाली पनि माओवादी अध्यक्ष दाहालसँग सकारात्मक तवरले छलफल अघि बढेकाले राजनीतिक खाकामा सहमति जुट्ने विश्वास व्यक्त गर्छन्। माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ भएको त होइन भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘त्यस्तो होइन। दुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’ दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अघि बढाइने ज्ञवालीले जनाए। स्थायी समिति बैठकमा मुख्यमन्त्री छनोट गर्दा नेतृत्व हाबी भएर गुटबन्दी गरेको भन्दै आलोचना भएको थियो। बैठकको बीचमा वरिष्ठ नेता माधव नेपाल बाहिरिनुअघि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समावेशी तथा योगदानलाई पाखा लगाएको आरोप लगाएकी थिइन्। ३ नम्बर प्रदेशको संसदीय दलमा आफूलाई गुटको सिकार बनाएर चुनाव हराएको भन्दै शाक्य असन्तुष्ट छन्। वरिष्ठ नेता नेपालनिकट शाक्य पार्टी अध्यक्ष केपी ओली गुटका डोरमणि पौडेलसँग संसदीय दलको चुनावमा पराजित भएकी थिइन्। मुख्यमन्त्रीमा सबै ओली पक्षधर भएपछि नेपाल पक्षधर नेताहरू रुष्ट छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies