Khabar Dabali Logo
  October 20, Tue

प्रचण्ड-अोलीबीच अाज निर्णायक वार्ता हुने

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज महत्वपूर्ण भेटबार्ता हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवनबाट काठमाडौं आए लगत्तै दुई अध्यक्षबीच गम्भीर बार्ता हुने उच्चस्रोत जनाएको छ ।

एमालेका अध्यक्ष ओलीले आज आफू निकटका नेता र स्थायी समितिको बैठकमा पार्टी एकता र सरकार गठनका विषयमा आन्तरिक छलफल गरेको बताइएको छ ।

स्रोतका अनुसार पार्टी एकतामा अत्यन्तै पेचिलो बनेको विषय भनेको एकीकृत पार्टीको नेतृत्व ओली वा प्रचण्ड कसले गर्ने भने हो । माओवादी नेताहरु आफूहरुले ओलीलाई प्रधानमन्त्रीमा सहज स्वीकार गरे जस्तै गरी प्रचण्डलाई एमालेले पार्टी अध्यक्ष स्वीकारे सहज हुन बताउछन् ।

तर एमाले ओली र उनी निकटका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै ओली नै हुने पर्ने जिकिर गर्छन भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु प्रचण्डलाई अध्यक्ष मान्न तयार रहेको बताइरहेका छन् । अाेली अाज प्रचण्डसँग नयाँ माेडालिटी प्रस्ताव गर्ने तयारीमा रहेकाे बताइएकाे छ ।

स्रोतका अनुसार आज ओलीले आफू निकटका नेताहरुसँग माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीका अध्यक्ष बनाउन सकारात्मक रहेको दावी छ । वाम बृत्तमा अध्यक्ष ओली बैंककबाट फर्किएपछि एकतामा थप जटिलता आएको चर्चा छ । अथार्त ओली एकताप्रति गम्भीर नभएको सन्देश प्रवाह भएको छ ।

गएको बिहीबार प्रचण्ड र ओलीबीच लामो वान टु वान छलफल भएको थियो । उक्त छलफलपछि शुक्रबारका लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको नेताहरुले बताएका थिए । तर अन्तिम समयमा आएर एमाले नेताहरुको व्यस्तताका कारण बैठक बस्ने नसकेको बताइएको थियो ।

पार्टी एकतामा खासगरी सिद्धान्त भन्दा पनि पद भागबण्डा, संगठनात्कम संरचना, प्रधानमन्त्री र एकीकृत पार्टी कसले नेतृत्व गर्ने भन्ने विषयले बढी महत्व पाएको छ । भावी पार्टीको वैचारिक राजनीतिक कार्यदिशा माओवादीको २१औं शताव्दी जनवाद र एमालेको बहुदलीय जनवाद के हुने वा दुबै नभएर समाजवाद उन्मुख नयाँ कार्यदिशा के बनाउने भन्ने बारे अन्यौलता छदैछ ।

र, यो पनि

माघ २८ गते, २०७४ - १७:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top