Khabar Dabali Logo
  October 29, Thu

छोरा प्रकाशलार्इ सम्झँदा भावुक हुँदै प्रचण्डले यसो भने

भरतपुर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दो प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताए ।

“हामीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद हुनुपर्छ भनेर पदमा रहँदा र नरहँदा पनि सक्दो भूमिका निर्वाह गरेका छौं ।” अध्यक्षले भने  ‘अहिले संघीयतामा देश गएको बेला प्रदेशस्तरमा समेत प्रतियोगिता हुनु सुखद कुरा भएको छ । यसले संघीयता बलियो बनाउन सहयोग पुर्याउँछ ।’

प्रकाश दाहालको नाम उच्चारण गर्दा भावुक बनेका अध्यक्ष प्रचण्डले चितवन जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न सक्षम रहेको सन्देश दिएको समेत बताए । ‘यसबाट खेल क्षेत्रमात्रै नभएर चितवनको पहिचान र आर्थिक समुन्नतीमा समेत ठूलो योगदान पुगेको छ’ अध्यक्षले भने ।

चितवनमा हिजोदेखि प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता सञ्चालन भएको छ । अध्यक्ष प्रचण्डले केही दिनपछि फुटबल प्रतियोगिताको समेत उदघाटन गर्न गइरहेको बताए । “चितवन खेल प्रतियोगिता आयोजना गर्ने जिल्लाको रुपमा विकास हुँदा खुशी लागेको छ । यसलाई निरन्तरता दिनु जरुरी छ’ उनको भनाई थियो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुवाँथाई प्रतियोगिता देश र विदेशमा समेत लोकप्रिय हुँदै गइरहेको तथ्यलाई मध्यनजर गरेर यसअघि समेत प्रतियोगिताको उदघाटन गरेको बताउनुभयो । दोश्रोपटक प्रधानमन्त्री भएको बेला अध्यक्ष प्रचण्डले तेश्रो मुवाँथाई प्रतियोगिताको उदघाटन गरेका थिए ।

प्रतियोगितास्थललाई शहीद मञ्चको रुपमा विकास गर्न आफूले विगतमा पहल गरेको अध्यक्षले बताउनुभयो । भविष्यमा समेत खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट उल्लेख्य पहल गर्ने उनको भनाई थियो ।

माघ २८ गते, २०७४ - १६:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top