Khabar Dabali Logo
  October 26, Mon

नेता श्रेष्ठ भन्छन्-एमालेलार्इ अाउट गरेर यसरी बन्नसक्छ नयाँ सरकार

काठमाडाैं । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच पार्टी एकता गर्ने बताइएको पाँच महिना बढी बितसक्यो । तर अहिलेसम्म एकता हुने वा नहुनेबारे टुंगो लागेको छैन् । पार्टीका शीर्ष नेताहरूले भने एकता बताइरहेका छन् । तर माअोवादीका नेताहरू सरकार गठन अघि नै एकता गर्नुपर्नेमा जोड दिएका छन् भने एमालेका खासगरि अध्यक्ष केपी अोली समूहका नेताहरू पहिला सरकार गठन गरेर एकता गर्ने बताइरहेका छन् ।

संघिय समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागि हुने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी ओलीले फोरममा अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध बढाएर वार्ता पनि गरिरहेका छन् ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने केन्द्रिय सरकारमा सहभागि हुने सम्भावना ज्यादै न्युन रहेको बताएका छन् । ‘हामी प्रतिपक्षमा रहने सम्भावना बढि छ । किनभने हाम्रा माग मुद्दाका सन्दर्भमा एमालेले आजसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन’ श्रेष्ठले भने ।

एमालेले आफूलाई मात्रै जनमत प्राप्त भएको भन्ठानेर एकलौटी तरिकाले देश चलाउन खोज्यो भने दुर्घटना हुने चेतावनी श्रेष्ठले दिए । संघियतालाई पहिचान, अधिकार र समृद्धिलाई एकसाथ अगाडि बढाउने सन्दर्भमा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाब श्रेष्ठको छ ।वैचारिक रुपमा माओवादी केन्द्रसँग सामिप्यता भए पनि एमाले आफ्नै हठमा कायम रहेको उनको भनाई छ ।

एमालेले हिजोको जस्तै एकल जातिय राष्ट्रवादको कुरा गरेर देशलाई जातिवादी र नश्लवादी ढंगले अगाडि बढाउन खोज्यो भने मुठभेड हुने चेतावनी श्रेष्ठले दिएका छन् । ‘अबका दिनमा संविधानलाई दिपावली गर्ने र जलाउने पक्षबिचको मुठभेड अन्त्य गर्नुपर्छ, यसले निकास पाउनुपर्छ’ उनले भने । संविधान संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने कुरामा सुनिश्चित भएको खण्डमा आफूहरु सरकारमा जान सक्ने श्रेष्ठले बताए । एमाले र माओवादीबिच एकता हुनुपर्नेमा जोड दिदै श्रेष्ठले स्थिर सरकार दिनुपर्ने बताए । ‘पार्टी एकता भएन भन जनताको लागि धोका हुन्छ । यस्तो अवस्थामा एमाले र माओवादीबिच सरकार पनि बन्दैन’ श्रेष्ठले भने ।

दुई दलबीच एकता पनि नहुने र संयुक्त सरकार पनि नबन्ने अवस्था आयो भने आफूहरले विकल्प दिन सक्ने श्रेष्ठको भनाई छ । माग र मुद्दाहरु मिल्नेको बिचमा प्राकृतिक गठबन्धन गरेर सरकार बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो । ‘माओवादी केन्द्र, फोरम, नेपाली कांग्रेस, राजपा लगायतका दलहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ’ उनले भने ।

संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर प्रदेश नम्बर २ मा सरकार बनाउने विषयमा सहमति भएको छ । श्रेष्ठले प्रदेशको मुख्यमन्त्री फोरमका नेता लालबाबु राउत नै बन्ने जिकिर गरेका छन् । फोरमका तर्फबाट मुख्यमन्त्री र राजपाका तर्फबाट सभामुख बनाउने सहमति भएको बताए ।

र, यो पनि

माघ २८ गते, २०७४ - १५:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top