Khabar Dabali Logo
  October 23, Fri

भूकम्पका बेला यौनकर्मीहरूको प्रयोग गरेको भन्दै अक्सफामलाई सहायता रोक्ने चेतावनी

  काठमाडाैं । संकटमा रहेका मानिसहरूलाई यथोचित रूपमा सुरक्षाको प्रत्याभूति दिन असफल भए ब्रिटिश सरकारले परोपकारी संस्था अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हेइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ गएका बेला सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै त्यसको निन्दा गरेकी हुन् ।

अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितहरूलाई मद्दत गर्दा यौनकर्मीहरूको प्रयोग गरेका बताइएको छ ।

मोर्डन्टले ब्रिटेनमा रहेका परोपकारी संस्थाहरू जसले सरकारसँग पैसा लिन्छन् उनीहरूलाई सुरक्षा नीति अनुसार काम गरिरहेको प्रत्याभूति गर्ने उपाय के छ भनेर पत्राचार गर्ने बताइन् ।

अक्सफामलाई गत वर्ष सरकारले ४ करोड ४० लाख डलर दिएको थियो ।

लण्डनमा रहेका हेइटीका राजदूत बोसित एडमण्डले अक्सफामले उक्त प्रकरणलाई ढाकछोप गर्न खोजेको भन्दै सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

निगरानी गर्ने संस्था द च्यारिटी कमिशनले सन् २०११ मा हेइटीमा आफ्ना केही सहायताकर्मीहरूले यौनकर्मीहरूलाई प्रयोग गरेको भन्नेबारे पूर्ण विवरण अक्सफामले नदिएको बताएको हो ।

उक्त संस्थाले आफूले अनुचित यौन दुर्व्यवहार, उत्पीडन र कर्मचारीको धाकधम्कीबारे अनुसन्धान गरिरहेको बताएको थियो ।

संस्थाले त्यसपछि कुनै कारबाही थालेन तर यदि आफूलाई पहिल्यै सबै तथ्य थाहा भएको भए फरक तरिकाले कारबाही थाल्ने बताएको छ ।

४ जना कर्मचारीलाई बर्खास्त र तीनजनालाई राजीनामा दिन लगाएको अक्सफामले भने आफूले केही कुरा नलुकाएको बताएको छ ।

सन् २०१० मा हेइटीमा दुई लाख मानिसहरूको ज्यान जाने गरी आएको ७.० म्याग्निट्यूडको विनाशकारी भूकम्पपछि राहत कार्यक्रम अन्तर्गत अक्सफामका सहायताकर्मीहरू हेइटी गएका थिए । बीबीसी

माघ २८ गते, २०७४ - १०:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top