Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

झलनाथ खनालसँगको अन्तरवार्ताः केपी ओली मौसमी अडान राख्छन्

\"\"काठमाडाैं । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन्- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल । उनी पार्टीभित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्ने सबल नेताहरुमध्ये एक मानिन्छन् । खनालसँग सान्तोष आचार्यले गरेको कुराकानी आजको नेपाल साप्ताहिकमा छापिएको छ । माओवादी केन्द्रसँग हुने भनिएको एकीकरण प्रक्रिया कहाँ  पुग्यो ? -पार्टी एकीकरणका लागि हामीले एकता संयोजन समिति निर्माण गर्यौँ । यो समितिको बैठक अपेक्षा अनुरुप भइरहेको छैन । एकीकरणका लागि हामीले कार्यदल पनि बनायौँ । तर, यसले पनि साकार रुप लिएको छैन । केही ढिलाइ भएको हो । तर, कुनै पनि बेला पार्टी एकीकरणको घोषणाचाहिँ हुन्छ । हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अकस्मात् भएको नेपाल भ्रमणका कारण पनि पार्टी एकीकरण प्रक्रिया अब टाढाको विषय हो भन्ने एकथरीको आशंका छ, के हो ? -यसमा बिलकुलै सत्यता छैन । किनभने, हामीबीचको एकतालाई प्रभावित पार्ने सबैभन्दा महत्वपूर्ण र केन्द्रीय कडी भनेका हाम्रा पार्टीका कार्यदिशा, नीति र सिद्धान्त हुन् । यसमा दुवै पार्टी निकै निकट आइसकेका छन् । तपाई ओली र प्रचण्ड दुवैलाई नजिकबाट चिन्नुभएको छ, एकीकृत पार्टीको कार्यदिशा, नीति र सिद्धान्तलाई कसले राम्ररी हाँक्न सक्छ भन्ने लाग्छ ? -यो प्रश्नको जवाफका लागि मथिंगल धेरै दुखाउनुपर्छ जस्तो मलाई लाग्दैन । किनभने, सामूहिक नेतृत्वको अभ्यासलाई अगाडि बढाउनुपर्छ । अहिले एकिृत पार्टीको अध्यक्षता गर्नसक्ने व्यक्तिहरु एमाले र माओवादीमा धेरै जना छन् । उहाँहरु दुई जना मात्र होइन । महासचिव र अध्यक्ष भएर मैले पार्टीको नेतृत्व गरिसकेको छु, मै पनि फेरी आँट गर्न सक्छु, पार्टी अध्यक्षका लागि । माधव नेपाल, वामदेव गौतम पनि हुनुहुन्छ । अरु नेताहरु पनि छन् । तपाईंलाई सम्झना होला, विस २०७० को संविधानसभाको निर्वाचनपछि एमालेको संसदीय दलको नेता छनोटका क्रममा हालका पार्टी अध्यक्ष केपी ओलीले \'एक व्यक्ति एक पद\'को अडान लिनुभएको थियो । अहिले पनि उहाँ त्यही अडानमा हुनुहुन्छ कि फेरिसक्नुभयो ? -उहाँका अडान मौसमी नै हुन्छन् । उहाँले त्यतिबेला जे आवश्यकता देख्नुभयो, त्यही अडान राख्नुभयो । अहिले पनि त्यही अडानमा हुनुहुन्छ भन्ने मलाई लाग्दैन । धेरै नेताहरु भएको अवस्थामा \'एक व्यक्ति एक पद\' पनि एउटा सुत्र हो । फेरि एकपटक भारतीय विदेशमन्त्रीको सन्दर्भ, उहँको भ्रमणले पार्टी एकीकरण मात्र होइन, समग्र राजनीति समिकरणमै फेरबदल हुने अनुमान पनि गरिँदैछ, के भन्नुहुन्छ ? -म भारतीय विदेशमन्त्रीको भ्रमणलाई धेरै उछालपछाल गर्ने पक्षमा छैन । यसभन्दा अघि नेपाल भारत सम्बन्धमा चिसोपन आएकै हो ।  भारतले हाम्रो देशका विरुद्ध नाकाबन्दी गरेकै हो । यी तथ्यको पृष्ठमूमिमा जुन महानिर्वाचन भयो, त्यसबाट नयाँ परिस्थिति जन्मिएको छ । वामपन्थी शक्तिहरुले बहुमत प्राप्त गरेका छन् । यो शक्तिले कस्तो नीति लेला ? भारतसँगको सम्बन्ध कसरी अघि बढाउला ? यी प्रश्नहरु हाम्रो छिमेकीकहाँ पनि उत्पन्न भएका छन् । स्वभाविक रुपमा नयाँ परिस्थति अनुरुप समझदारी निर्माण गर्नका लागि, वातावरण बनाउनका लागि पनि छिमेकीहरुले प्रयत्न गर्नु अस्वभाविक होइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies