Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’

[caption id=\"attachment_168929\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ । अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गरेका थिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनअगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् । ‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा हामीले छलफल गर्‍यौँ,’ बैठकपछि वरिष्ठ नेता खनालले भने, ‘अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर, हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।’ प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पारेनन् । सभामुख चयनमा निरंकुशता लादिएको आरोप एमाले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालनिकट सांसदहरूले प्रदेश ३ को सभामुख चयनमा निरंकुशता लादिएको आरोप लगाएका छन् । संसदीय दलको बैठकमा छलफलै नगरी सभामुखमा सानु श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको भन्दै नेपालनिकट सांसदहरू अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, अरुण नेपाल, लक्ष्मण लम्साललगायतले विरोध जनाएका हुन् । उनीहरूले बहुमतको नाममा विधि र प्रक्रिया मिचेर निरंकुश ढंगले दल सञ्चालन गर्न खोजिएको भन्दै समानान्तर गतिविधि गर्ने चेतावनी दिएका थिए । ओलीसँगको शनिबारको छलफलमा नेता नेपाल र खनालले विधिसम्मत तरिकाले प्रदेश सभा दल सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए । ओलीले भने: लामो–लामो छलफलले पनि टुंगिएन बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँग निरन्तर धेरै लामो–लामो ‘वन अन वन’ छलफल भए पनि एकताको मोडालिटी टुंगो लाग्न नसकेको ‘ब्रिफिङ’ गर्दै शीर्ष नेताहरूसँग सुझाब मागेका थिए । ‘प्रचण्डजीसँग एकताको मोडालिटी, सैद्धान्तिक–वैचारिक पक्ष कसरी मिलाएर कार्यदल बनाउनेबारे धेरै लामो–लामो छलफल भयो, तर अझै विषयहरू टुंगोमा पुग्न सकेनन् भन्दै अध्यक्षज्यूले ब्रिफिङ गर्नुभो,’ छलफलमा सहभागी एक नेताले भने । सरकार गठनबारे स्थायी समितिमा छलफल सरकार गठन, माओवादी केन्द्रसँगको पार्टी एकता, निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फको समानुपातिक सूची बुझाउनेलगायत विषयमा छलफल गर्न एमालेले आइतबार स्थायी समिति बैठक बोलाएको छ । बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको एकताका विषयमा पनि ‘ब्रिफिङ’ गर्नेछन् । ओली–प्रचण्ड छलफलपछि एकता संयोजनको बैठक स्थायी समितिमा छलफल भएपछि पार्टी एकताका विषयमा ओली र प्रचण्डबीच छुट्टै कुराकानी हुने भएको छ । एक चरण वाम गठबन्धनका प्रमुख नेताबीच कुराकानी भएपछि मात्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने एक नेताले बताए । समितिबाट पार्टी एकता र सरकार गठनलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने भनिए पनि दुई नेताबीच एकताको मोडालिटीमा सहमति जुटिसकेको छैन । शुक्रबारै बैठक बोलाउने तयारी भए पनि एमाले प्रदेश संसदीय दलको निर्वाचन तथा माओवादी अध्यक्ष प्रचण्ड चितवन रहेका कारण छलफल भएन । प्रचण्ड आइतबार चितवनबाट काठमाडौं फर्किंदै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies