Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

[caption id=\"attachment_159105\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption] काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ । सरकारले गरेका निर्णय बदर गर्दा अदालती बाटोबाट निर्णय उल्टन सक्ने भन्दै वाम गठबन्धनका नेताले संसद्मा विशेष प्रस्ताव पास गरी सबै निर्णय बदर गर्ने तयारी गरेको हो । आजको राजधानीमा खबर छ-‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि सरकार स्वतः कामचलाउ हुने भएकाले सो सरकारले गरेका निर्णय बदर हुनेछ,’ निर्वाचनपछि सरकारले गरेका निर्णयबारे प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘यो सरकारले जनमतको उपेक्षा गर्दै राज्यको ढुकुटीमै दूरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रमको निर्णय गरेकाले त्यसलाई आगामी सरकारले खारेज गर्नेछ।’ सरकारले गरेका निर्णय खारेज तथा बदर गर्न मन्त्रिपरिषद्ले निर्णय गरे पुग्नेमा वाम गठबन्धनको सरकारले त्यस्तो निर्णय उल्ट्याउन नसक्ने गरी निर्णय बदर गर्ने बोटो रोज्ने तयारी गरेको हो। बिहीबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वान टु वान वार्तामा समेत निर्वाचनपछिको कामचलाउ सरकारले गरेका निर्णय बदर गर्ने उपायमाथि छलफल भएको स्रोतले बतायो। बैठकमा विगतका अभ्यासबारे छलफल गरी ओली र दाहालले अदालती झन्झट नपर्ने उपाय निकालेका हुन्। स्रोतका अनुसार संसद्मा विशेष प्रस्तावका रूपमा अघिल्लो सरकारले गरेका दीर्घकालीन असर पार्ने निर्णय तथा विभिन्न स्थानमा भएको नियुक्तिसमेत बदर गर्ने गरी संसद्का बहुमत सदस्यले प्रस्ताव पारित गर्ने र त्यस निर्णयलाई सभामुखले सदनको निर्णय कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनेछन्। सभामुखको निर्देशनअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेका अघिल्लो सरकारले गरेका प्रशासनिक र अत्यावश्यक निर्णयबाहेकका निर्णय बदर गर्नेछ। सरकारले यसरी गरेको निर्णय अदालतमा पुगे पनि निर्णय उल्ट्याउन पाइँदैन। मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले ७० प्रस्तावमाछि छलफल गरी एकै दिन निर्णय गरेको थियो। यस समयमा गरेका निर्णय सबै सार्वजनिक नगरी सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले केही निर्णय मात्र बाहिर ल्याएका थिए। यसरी गरिने निणर्यहरू सम्बन्धित निकायले मात्रै थाहा पाउने र आम सर्वसाधारणलाई जानकारी नगराएका कतिपय निर्णय दीर्घकालीन असर गर्ने खाले भएको पाइएको एमाले नेता सुवास नेम्वाङले बताए। विभिन्न निकायमा नियुक्ति र प्रधानमन्त्री आफैंले कुनै मन्त्रालयको सिफारिसबिना नै ठाडो प्रस्तावमा समेत यस्ता दीर्घकालीन असर गर्ने निर्णयहरू गरेको उनको दाबी छ। मन्त्रिपरिषद्ले वृद्धभत्ता पाउने उमेर घटाएर ६५ वर्षमा झर्ने निर्णय प्रधानमन्त्री देउवाले ठाडो प्रस्तावमा गरेको निर्णय हो। सुशासन ऐन २०६४ मा प्रशासनिक कार्य सञ्चालनको प्रमुख आधारका रूपमा पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता र इमानदारीलाई लिइएको छ। तर, मन्त्रीहरूले सुशासन ऐन २०६४ विपरीत मन्त्रिपरिषद्का सामान्य खालका निर्णय मात्रै सार्वजनिक गरी दूरगामी महŒव राख्ने खालका निर्णय लामो समयसम्म गोप्य राख्दै आएका छन्। प्रधानमन्त्री र मन्त्रीको खल्तीबाट निकालिएका नियुक्तिसम्बन्धी ठाडो प्रस्तावका निर्णय तत्काल सार्वजनिक गर्दा विरोध हुने त्रासले गोप्य राखिने गरेका मन्त्रिपरिषद्का सदस्य नै बताउँछन्। यस्तै, १३ माघमा बसेको मन्त्री परिषद् बैठकले गरेका निर्णयप्रति वाम गठबन्धनका नेताले विरोध गर्दै आएका छन्। कामचलाउ हैसियतमा रहेको सरकारले दीर्घकालीन निर्णय गरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री देउवाले भटाभट राज्यको अर्थतन्त्रमा नै असर पर्ने खाले निर्णयहरू गरिरहेका छन्। विवादास्पद निर्णयहरू मन्त्रिपरिषद्ले गरे पनि पछि सम्बन्धित मन्त्रालयले कागजपत्र तयार पारेर पेस नगरेसम्म सो निर्णयले पूर्णता भने पाउन सक्दैन। वृद्धभत्ता पाउने उमेरको निर्णय अर्थ मन्त्रालयले कागजपत्र मन्त्रिपरिषद्मा नपठाएपछि मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरेका छैनन्। मन्त्रिपरिषद्का निर्णयमा मुख्यसचिवले हस्ताक्षर गर्ने व्यवस्था छ। यस्ता सरकारका निर्णय अनुचित लागे आउने सरकारले खारेज गर्न सक्नेछ। निर्र्वाचन आचारसंहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनबाहेक थप संवैधानिक तथा कानुनी अधिकार हुँदैन। जाँदाजाँदै जथाभावी निर्णय गर्न थालेको देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ। वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ। सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक १ हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन सक्छन्। तर, यो निर्णयमा हस्ताक्षर भने भएको छैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies