Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नयाँ सरकार कहिले बन्ला ?

\"\"काठमाडाैं । निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई महिना बढी भइसकेको छ । सरकार गठनका लागि वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रलाई सहज बहुमत छ। तर, तिनले सरकार गठनको स्पष्ट मार्गचित्र अझै दिन सकेका छैनन् । अब सरकार गठनमा ढिलाइ भए त्यसको दोष संविधान, कानुन वा अन्य कुनै निकायले नभई ती दुई दलले पाउने छन् । आजको कान्तिपुरमा खबर छ-२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादी केन्द्रको ५३ गरी १ सय ७४ सिट छ। सरकार गठनका लागि कम्तीमा १ सय ३८ सिट आवश्यक हुन्छ। पार्टी एकताको छलफलमै अल्झिएका यी दुई दल सरकार गठनका विषयमा अझै प्रवेश गरिसकेका छैनन्। माओवादी नेतृ पम्फा भुसालले सरकार गठनकै सन्दर्भमा ठ्याक्कै दुई दलबीच छुट्टै कुनै होमवर्क भइनसकेको बताइन्। ‘पहिले पार्टी एकताको कोणबाट छलफल भइरहेको छ, आइतबारदेखि त्यसले गति पाउने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘पार्टी एक भएर सरकारमा जाने वा गठबन्धनकै रूपमा जाने त्यस विषयमा पनि निष्कर्षमा पुगिसकेका छैनौं।’ उनले उपयुक्त समयमा सरकारका सन्दर्भमा निर्णय हुने जानकारी दिइन्। निर्वाचन आयोगले फागुन २ सम्म सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष बुझाइसक्ने तयारी गरेको छ। आयोगले समानुपातिकबाट विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न राजनीतिक दलहरूलाई माघ २९ सम्मको समय दिएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरूले कानुनअनुसार क्लस्टर र क्रम आबद्धता मिलाएर नाम बुझाए तथा कुनै गल्ती नभेटिए २९ गते साँझ नै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइने बताए। ‘दलहरूले बुझाएको सूचीमा केही सच्याउनुपर्ने अवस्था देखिए त्यसका लागि उहाँहरूलाई दुई दिनको समय दिनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा फागुन २ सम्मको समय दिन्छौं र सोही साँझ राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनेछौं।’ यस अवधिमा वाम गठबन्धनबीच सरकार गठनको विषयमा ठोस सहमति भए फागुन ७ भित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना रहन्छ। तर, उनीहरूबीचको सहमतिले ठोस आकार लिन समय लियो वा राजनीतिले अर्कै कोर्स समात्ने वातावरण निर्माण भए मुलुकले नयाँ सरकार पाउन थप केही समय कुर्नुपर्ने हुन्छ। आयोगले सरकार गठनमा ढिलाइ नहोस् भनेरै समानुपातिकतर्फको मतपरिणाम दिने प्रक्रियालाई ५ दिन छोट्याएको हो। संविधानविद् पूर्णमान शाक्य आयोगले राष्ट्रपतिसमक्ष मतपरिणामको प्रतिवेदन बुझाएसँगै सरकार गठनमा मार्गप्रशस्त हुने बताए। अर्का संविधानविद् विपिन अधिकारी पनि राष्ट्रपतिले प्रतिवेदन बुझेलगत्तै सरकार गठनका लागि कुनै संवैधानिक वा कानुनी जटिलता नहुने बताउँछन्। संविधानले सरकार गठनका लागि चारवटा विकल्प दिएको छ। संविधानको धारा ७६ मा संघीय सरकार गठनसम्बन्धी प्रावधान छन्। पहिलो विकल्पमा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ। कुनै पनि दलको स्पष्ट बहुमत नरहेको खण्डमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने दोस्रो विकल्प संविधानले दिएको छ। संविधानविद् अधिकारीले प्रतिनिधिसभामा कुनै दलको स्पष्ट बहुमत नरहेकाले अहिलेलाई पहिलो विकल्पको प्रयोग नभई सरकार गठनका लागि सीधै दोस्रो विकल्पमा प्रवेश गर्नुपर्ने बताए। ‘राष्ट्रपतिले वस्तुगत आधारमै दोस्रो विकल्पअनुसार सरकार गठनको प्रक्रिया थाल्न सक्नुहुन्छ, त्यसमा केही समस्या छैन,’ उनले भने, ‘प्रतिवेदन बुझेपछि राष्ट्रपतिले सरकार बनाउन सक्ने सम्भाव्य दलका नेताहरूलाई बोलाएर छलफल गर्न सक्नुहुन्छ।’ उनले गठबन्धन बनाएर चुनाव लडेका एमाले तथा माओवादीका अध्यक्षहरूलाई बोलाएर राष्ट्रपतिले संसदभित्रको राजनीतिक अवस्था कायम छ कि छैन भनेर सोध्न सक्ने र दुवै नेताले सहमति जनाएको व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने बताउँछन्। प्रधानमन्त्री नियुक्ति प्रक्रियाका लागि सांसदहरूको शपथ भएको वा नभएको विषयले कुनै बाधा नगर्ने उनले उल्लेख गरे। ‘अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिए पनि नयाँ सरकार गठनमा कुनै फरक पर्दैन,’ उनले भने, ‘अब संवैधानिक वा कानुनी कुनै समस्या छैन, सरकार गठनमा ढिलाइ हुने हो भने त्यसको कारण राजनीतिक मात्रै हुनेछ।’ संविधानविद् शाक्य पनि दलहरूले आफ्नो संसदीय दलको नेता छान्ने प्रक्रिया पूरा गर्न नसक्दा वा वाम गठबन्धनबीचको समझदारी तलमाथि हुँदा मात्रै सरकार गठनमा ढिलाइ हुने बताउँछन्। ‘ती दुई दलले आफ्नातर्फबाट फलाना व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भनेर राष्ट्रपतिसमक्ष आग्रह गर्ने तथा गठबन्धन कायम रहेको विश्वास दिलाउन सके समस्या हुन्न,’ उनले भने, ‘राजनीतिक रूपमा पहिलो मौका त्यही गठबन्धनले पाउनुपर्छ। तर, अर्को राजनीतिक कोर्स फेरिएर कुनै नयाँ गठबन्धन बने त्यसले पनि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेस गर्न पाउनेछ।’ दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउन सकिने दोस्रो विकल्पका लागि संविधानले ३० दिनको समय दिएको छ। एक महिनाभित्र पनि सरकार गठनका लागि दुई दलीय वा त्योभन्दा बढी दलको समीकरण बन्न सकेन वा त्यस्तो सम्भावित गठबन्धनले राष्ट्रपतिलाई प्रतिनिधिसभामा बहुमत पुर्‍याउन सक्ने विश्वास दिलाउन सकेन भने संविधानअनुसार सरकार गठनको सीधा अवसर प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको नाताले एमालेले पाउने संविधानविद् अधिकारीले बताए। सरकार गठनका लागि संविधानले तेस्रो विकल्पका रूपमा अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र दुई वा दुई बढी दलको समर्थनमा सरकार बन्न नसके राष्ट्रपतिले प्रतिनिधिसभामा सबभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान राखेको छ। ठूलो दलले सरकार बनाउन चाहना नराखे वा प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसके राष्ट्रपतिले चौथो विकल्पका लागि बाटो खोल्न सक्ने संविधानविद् शाक्यले बताए। चौथो विकल्प प्रतिनिधिसभाको कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies