Khabar Dabali Logo
  October 31, Sat

बन फडानीमा नेपाली सेना, १ लाख बढी रुख कट्याे

काठमाडौं । राष्ट्रिय गौरबको आयोजना निजगढ-काठमाण्डौं द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको काम गरीरहेको नेपाली सेनाले १ लाख भन्दा बढी रुख कटान गर्ने काम थालेको छ ।

मंसिर २७ गतेबाट निजगढ क्षेत्रमा साढे ९ किलोमिटर क्षेत्रको १३ हजार ६ सय रुख कटान गरेको सेनाले अहिले मकवानपुर खण्डको १२ हजार रुख कटान थालेको हो । कटानको कामका लागि अहिले २ सय ६५ जना नेपाली सेना खटिएका छन् ।

कटानको लागि बुदुने क्षेत्रमा २ सय, लेनडाँडा र सिस्नेरी खण्डमा गरी ६५ जना सेनाले रुख कटानको काम गरीरहेको सहायकरथी तथा विकास निर्माण संयोजक भरतबहादुर खड्काले बताए । १४ गतेबाट मकवानपुर खण्डमा काम थालेको सेनाले मार्गमा पर्ने १७ बटा सामुदायीक र राष्ट्रिय बन क्षेत्रका १ लाख १४ हजार रुख तिन महिना भित्र काटिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताइएको छ ।

पहिलो चरणमा रुख कटान पछि निर्माणको काम थालिने सेनाले जनाएको छ । सेनाले अहिले ६ लेनको मार्ग निर्माणको स्विकृती अनुसार कटानको काम गरेको हो । मानिसले मात्र काम गरी नसक्ने भएकाले निजगढ क्षेत्रमा ७ र मकवानपुर खण्डमा अहिले ४ वटा एक्साभेटरसहित अन्य इलेक्ट्रोनिक मेसिन जंगे आरा, बञ्चरोको प्रयोग गरेर कटानको काम गरीरहेको छ ।

दु्रत मार्ग निर्माणको लागि सेनाले १० ठाउँमा क्याम्प निर्माण थालेको छ । निर्माण थालेका मध्य ५ वटा निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको क्रममा रहेको सहायकरथी खड्काले जानकारी दिए ।

माघ २७ गते, २०७४ - १५:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top