Khabar Dabali Logo
  October 26, Mon

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

जाजरकोट । पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् ।

तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतिपुरका स्थानीयले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन माग गरेका हुन् ।

जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन माग गरेका हुन् ।

सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय सरकार र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र प्रदेशसभाका सांसद कृष्णा शाहमार्फत सरोकार भएकाको ध्यानाकर्षण गराएको स्थानीय अटल आचार्यले जानकारी दिए। करोडौँ रकम खर्च गरेर सडक बनाउने र गुणस्तर कायम नगर्ने अनि जनताले दुःख पाइरहने गरेको आचार्यले बताए ।

सडकको अवस्था निकै नाजुक बनेको तर सरोकार भएका निकायले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ । लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् ।

रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको स्थानीयको गुनासो छ ।

यसबारे मध्यपहाडी लोकमार्ग आयोजनाका कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनियर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताए ।

भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको ९२ किमी सडकको कालोपत्र गर्ने, सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली बनाउने कामका लागि माघ महिनाभित्र टेण्डर आह्वान हुन लागेको छ ।

सडकको कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआरको रिपोर्ट आइसकेकाले अब टेण्डर आह्वान हुन् लागेको उनको भनाइ छ । प्रतिकिमी रु छदेखि १० करोडसम्मको बजेट खर्च गर्ने गरी ९२ किमी सडक आगामी तीन वषभित्र कालोपत्र गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनियर न्यौपानेले बाताए । रासस

माघ २७ गते, २०७४ - १२:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top