Khabar Dabali Logo
  October 27, Tue

लोकदोहोरी गायक गैरेको ‘मरुभूमि’ बजारमा (भिडियो सहित)

युएई । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर पनि नेपाली सांगितिक क्षेत्रमा आफ्नो पाइला अघि बढाउदै आएका धादिङका गायक सुदीप गैरेले आफ्नो लोकदोहोरी गिति एल्बम “मरुभूमि” भर्खरै मात्र बजारमा ल्याएका छन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत मुर्चोक घर भई विगत लामो समयदेखि युएईमा कार्यरत गैरेको आफ्नै रचनामा यस अघि पनि लेङ्गा चोली, धादिङ सल्यानटार, बिदेशमा पैसा दिन्छ सिमलको अग्लो रुखले जस्ता गीतहरु बजारमा आइसकेका छन ।

“चर्को गर्मी बाहिरको काम पर्छ, हेर्नै हुन्न आँखामा घामपर्छ मरुभूमिमा बालुवा तात्तिन्छ” जस्ता मर्मस्पर्शी तथा परदेशीको पीडा बोकेको शब्दहरुद्धारा सिंचित उक्त गीतमा गायक सुदिप गैरेलाई गायिका जसु अधिकारी (सम्झना) स्वरबद्ध गर्न साथ दिएकी छिन् । म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको “मरुभूमि” एल्बममा गायक सुदिप गैरे तथा मोडल आशा खड्काको मार्मिक अभिनय रहेको छ ।

उक्त गीतलाई सफलता म्युजिक प्रालिले बजारमा ल्याएको छ नेपाल तथा युएईको विभिन्न ठाउँहरुमा छायाँकन गरिएको उक्त गीतमा लय तथा शब्द गायक स्वयं गैरेको नै रहेको छ । एकेन्द्र सारा शंकरले निर्देशन गरेको गिती भिडियोको छायाँकन बासु बराल र लाल बहादुर ढेंगाको रहेको छ । उक्त गीतलाई पदम सुवेदीले सम्पादन गरेका छन् । लाखौ नेपालीहरु स्वदेशमा रोजगारीको अभावका कारण विदेशिन बाध्य श्रीमान श्रीमतीको पीडालाई गीतमा उतारिएको बताउदै गीतले दर्शकहरुको अपार माया पाउने कुरामा आफु ढुक्क रहेको गायक सुदिप गैरेले बताए ।

माघ २७ गते, २०७४ - ०८:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top