Khabar Dabali Logo
  October 30, Fri

यी जिल्लाहरूमा हुँदैछ निशुल्क प्राथमिक उपचार तालिम

  • माघ २७ गते, २०७४ - ०८:४०

युएई । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एल.एल सी को सहयोगमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्लामा एकै पटक निशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिने भएको छ । गत शुक्रबार युएईको दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्बेलनमा गैरआवासिय नेपाली सघ (एन आर एनए) युएईका एन सिसि सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एल .एलसिका प्रबन्ध निर्देशक ओम उप्रेतीले तालीम सम्बन्धि जानकारी दिएका हुन ।

एनआर एनए युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्बेलनमा बेहोश(Faint)हिस्टेरिया (Seizure)अंगभंग भएमा (Fracture)निस्सासिएमा (Choking)विद्युत प्रबाह घात (Electronic shock) सर्पको टोकाई (Snake bite) रक्तस्राव (Bleeding) आगोले पोल्नु (Burn बिष सेवन (Poisson) हृदयघात (Heart attack) किराको टोकाइ (Insect bite) दम (Asthma)लु लाग्ने (Heat stroke)घात (Shock)स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) जस्ता महत्त्वपूर्ण प्रथामिक उपचार सम्बन्धि तालीम प्रदान गरिने उप्रेतीले खबरडबलीलाइ बताएका छन ।

स्वास्थ्य सम्बन्धि सामन्य ज्ञान समेत नहुदा धेरैले अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यसलाइ केहि हद सम्म न्यूनीकरण गर्दै हरेक गाउँ टोलमा प्राथमिक उपचार गर्न सक्ने स्वयंसेवकको उत्पादन गर्न मुख्य उदेश्य सहित महत्त्वपूर्ण बिसयमा तालिम प्रदान गर्न लागिएको बताएका छन ।

तालिमका लागि पहिलो चरण अन्तर्गत चितवनको खैरेनी नगरपालिका र भरतपुर महानगरपालिकामा चैत्र १ गते बिहिबार , धादिङको बेनिघाट र गजुरीमा चैत्र – २ गते शुक्रबार, तनहुँको बन्दिपुर डुम्रे बजार र सुक्ला गण्डकीमा चैत्र – ३ गते शनिबार ,कास्कीको निर्मलपोखरी र कृस्टी पोखरा लेनपामा चैत्र – ४ गते आइतगते दोलखाको भिमेस्वर नगरपालिका र चरिकोटमा चैत्र – ६ गते मंगलबार, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गापा र बलेफी गापा मा चैत्र – ७ गते बुधबार तथा काभ्रेपलान्चोकको बनेपा नगरपालिका र पनौती नगरपालिकामा चैत्र – ८ गते बिहिबार देखि सन्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक जिल्लाबाट बढिमा सय जनाको उपस्थिति रहने तालिममा १८ देखि ५० बर्ष उमेर समुहका प्रतिक्षार्थीले भाग लिन पाउने छन। भने प्रतिक्षार्थीको छनोट गाउँ पालिका वा नगरपालिका भित्रका बिध्यालय , क्याम्पस तथा गा.पा. को प्रत्येक वडा बाट बढिमा ५ जना ३ पुरुष र २ महिला सहभागी हुने गरि छनौट गरि पठाउन गापा सङ आबश्यक समन्वय गरिने बताएका छन ।

तालिम सम्पन्न पश्चात् सहभागी प्रशिक्षार्थी लाई अन्तरास्ट्रिय ( ISO )मान्यता प्राप्त सर्टिफिकेट प्रदान गरि तालिममा सिकेको ज्ञान सीप लाई व्यबहारमा लागू गर्न प्रशिक्षार्थीलाई प्रेरित गरिने उप्रेतीले जानकारी दिएका छन ।

माघ २७ गते, २०७४ - ०८:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top