Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेशहरूलाई तत्कालै तीन सय ३६ गाडी आवश्यक

\"\"काठमाडाैं । प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेशअन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति रहेको प्रमुख सचिव यादव कोइरालाले बताए । अहिले प्रदेशमा एउटा पनि गाडी नभएको उनको भनाइ छ । अाजको नयाँ पत्रिकामा खबर छ-मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्को कार्यालयलाई कम्तीमा ६ वटा गाडी आवश्यक पर्ने कोइरालाले बताए । ती गाडी मुख्यमन्त्री, मुख्यमन्त्री कार्यालयका एक प्रमुख सचिव, दुई सचिव र अन्य दुई गाडी कार्यालय प्रयोजनका लागि हो । मुख्यमन्त्री कार्यालयले तत्काल रहने ६ मन्त्रालयमा हरेकलाई चारवटाका दरले २४ वटा गाडी आवश्यक पर्ने जनाएको छ । सभामुख र उपसभामुख, संसद् सचिवालयका सचिव र कार्यालय प्रयोजनका लागि पाँचवटा गाडी चाहिन्छ । प्रमुख विपक्षी दलका नेता, संसदीय समितिका सभापति र कार्यालयहरूका लागि अतिरिक्त गाडी आवश्यक पर्नेछ । प्रदेश २ मा ३५ गाडी आवश्यक, १४ वटा दिने निर्णय प्रदेश २ मा तत्काल ३५ गाडी आवश्यक पर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यो प्रदेशमा प्रमुख सचिवसहित १० सचिव छन् । उनीहरूका लागि एक–एकवटा गाडी व्यवस्थापन गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालले बताए । प्रदेश २ मा २१ जनासम्म मन्त्री हुन सक्ने अनुमान गरेर गाडी व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । सचिव फुँयालले तत्काल मुख्यमन्त्रीसहित अन्य ६ जना मन्त्री, सभामुख, उपसभामुख, संसदीय समितिका सभापति र विपक्षी दलका नेताका लागि ३५ वटा गाडी आवश्यक परेको बताए । त्यसलगत्तै मन्त्रालय, मुख्यमन्त्रीको कार्यालयमा थप ४० वटा गाडी आवश्यक पर्ने उनको भनाइ छ । त्यसमध्ये अहिलेसम्म केन्द्रीय सरकारले १४ वटा गाडी दिने निर्णय गरेको छ । प्रदेशअन्तर्गतका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भनेर थप २४ वटा गाडी व्यवस्थापन गरिएको फुँयालले बताए । प्रदेश ३ मा ५९ गाडी आवश्यक, ३ वटा मात्र व्यवस्थापन प्रदेश ३ मा तत्काल ५९ गाडी आवश्यक पर्ने देखिएको छ । तीनवटा गाडी मात्र व्यवस्थापन भएको छ । प्रमुख सचिव रेश्मीराज पाण्डेले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रमुख सचिव र सचिवहरूका लागि तत्काल गाडी व्यवस्थापन गर्न लागिएको बताए । प्रदेश ४ का लागि ३० गाडी आवश्यक, १२ वटा पठाउने तयारी प्रदेश ४ का लागि तत्काल ३० वटा गाडी आवश्यक पर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले बताए । तर, अहिलेसम्म मुख्यमन्त्रीका लागि मात्र गाडीको व्यवस्थापन हुने सकेको छ । यस्तै, प्रति मन्त्रालय तीनका दरले ६ मन्त्रालयलाई १८ वटा गाडी आवश्यक रहेको उनले बताए । संसद् सचिवालय, सभामुख, उपसभामुख, विपक्षी दलका नेताका लागि एक–एकवटा गाडी आवश्यक पर्नेछ । सरकारले १२ वटा गाडी पठाउने तयारी गरेको छ । अहिले प्रदेश कार्यालयले क्षेत्रीय प्रशासनको तीनवटा गाडी प्रयोग गरिरहेको छ । प्रदेश ५ मा ४० गाडी आवश्यक, २ वटा मात्र उपलब्ध प्रदेश ५ मा अहिलेसम्म कतिवटा गाडी आवश्यक पर्छ भन्ने निश्चित भइसकेको छैन । केन्द्र सरकारले तत्काल सातवटा गाडी पठाउन लागेको पत्र प्राप्त भएको मुख्यमन्त्री कार्यालयका सचिव जितेन्द्र काफ्लेले बताए । प्रमुख सचिव काठमाडौंमा रहेकाले आवश्यक गाडीको संख्या निश्चित गर्न नसकेको उनको भनाइ छ । उनले ६ वटा मात्र मन्त्रालय रहेको स्थितिमा करिब ४० वटा गाडी तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । तर, मन्त्रालयको संख्या वृद्धि भएमा त्यहीअनुसार गाडी संख्या थप्नुपर्ने उनको भनाइ छ । सचिव काफ्लेले प्रदेशमा अहिले जम्मा दुईवटा गाडी रहेको बताए । प्रदेश ६  मा ३५ गाडी आवश्यक, केन्द्रसँग १५ वटा माग प्रदेश ६ ले तत्कालका लागि ३५ वटा गाडी आवश्यक पर्ने बताएको छ । त्यसमध्ये केन्द्र सरकारसँग १५ वटा गाडी मागेको प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए । बाँकी गाडी प्रदेशअन्तर्गतकै कार्यालयबाट व्यवस्थापन गर्ने उनले बताए । प्रदेश ६ ले तत्कालका लागि मुख्यमन्त्री, मन्त्री, सभामुख उपसभामुख, विपक्षी दलको नेता, प्रमुख सचिव र मन्त्रालयका सचिवहरूलाई मात्र गाडी उपलब्ध गराउने भएको छ । प्रदेश ७ मा ४५ गाडी आवश्यक, ४ वटा मात्र उपलब्ध प्रदेश ७ ले सुरुकै दिनमा कम्तीमा ४५ वटा गाडी आवश्यक पर्ने जनाएको छ । त्यसमध्ये मुख्यमन्त्री र मन्त्रीहरूका लागि आवश्यक पर्ने गाडीका लागि केन्द्र सरकारको भर परेको मुख्यमन्त्री कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । ४५ वटा गाडी मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री, सभामुख–उपसभामुख, प्रमुख सचिव, सचिवहरूलाई उपलब्ध गराइनेछ । तर, अहिलेसम्म चारवटा मात्र गाडी उपलब्ध भएको कँडेलले बताए । प्रदेश ७ मा ११ जना मन्त्री भएमा कम्तीमा ४५ वटा गाडी आवश्यक पर्ने उनको भनाइ छ । प्रदेश प्रमुखको गाडी चढेकै दिन बिग्रियो प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा स्कार्पियोको व्यवस्था गरेको छ । केन्द्र सरकारले शपथग्रहण गरेकै दिन ५ माघमा उनलाई गाडी दिएको थियो । तर, सो गाडी भोलिपल्टै बिग्रेर बीचबाटोमै अलपत्र पर्‍यो । ७ माघमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउन प्रदेश प्रमुख सुर्खेत आउने क्रममा विमानस्थल जाँदा बाटोमै गाडी बिग्रिएको थियो । उनी ट्याक्सी चढेर विमानस्थल पुगेका थिए । सो गाडी अहिले पनि केन्द्रमै थन्किएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies