Khabar Dabali Logo
  October 21, Wed

दायित्वबाट रत्तिभर बिचलित हुने छैन: नरेश भण्डारी

काठमाडाैं । प्रदेश न. ६ काे मुख्यमन्त्रीमा दावी गरिरहेका नेकपा माअाेवादी केन्द्रका युवा नेता नरेश भण्डारीले मुख्यमन्त्रीको दौडबाट बाहिरिएकाे बताएका छन् । याे प्रदेशमा संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रले पूर्वऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई चयन गरेपछि  भण्डारी बाहिरिएका हुन् ।

तर, उनले प्रदेश समृद्धिका लागि आफू दायित्वबाट बिचलित नभएकाे बताएका छन् । उनले भने, ‘पार्टीले गरेकाे निर्णय विपरित नगएर प्रदेशकाे समृद्धी कसरी गर्न सकिन्छ त्यतातिर लागि पर्ने छु ।’

मुख्यमन्त्री भएर मात्रै समृद्धीकाे काम गरिन्छ भन्ने हाेइन, सांसद भण्डारीले भने, ‘आफ्नो दायित्वबाट म विचलित भएको छैन ।  प्रदेश ६ को समृद्धिका लागि देखेकाे भिजन प्रयोग गर्ने र प्रदेश सरकारलार्इ सहयोग गर्ने छु ।’

जुम्ला प्रदेश (क) बाट निर्वाचित सांसद भण्डारीले जुम्लामा राम्रा काम गरेर देखाएका छन् । विरामी हुदा सिटामाेल सम्म नपाउने जनताका लागि जुम्लामा ३०० शैयाकाे अस्पताल समेत बनाउन सफल भएका छन् ।

मुख्यमन्त्रीको दौडबाट बाहिरिए पनि गरीबीको भिमकाय पहाडले च्यापिएको यो प्रदेशलाई समृद्धिकाे बाटाेमा दाैडाउने दाैडमा निरन्तर यात्रामा लागिरहने बताएका छन् ।

उनले भने, ‘हिजाे राज्यले नै कर्णाली प्रदेशलार्इ हेर्ने दृष्टिकाेण फरक बनाएकाे थियाे र त कर्णाली गरिब प्रदेशका रूपमा परिचित छ । यहि परिचयलार्इ रूपान्त्रण गरेर ६ नम्वर प्रदेशकाे समृद्धि हेर्न निम्ता पत्र पठाउने प्रदेशकारूपमा बिकास गर्न सकिन्छ भनेर वाेलेकाे हुँ ।’

सामाजिक संजालमा सांसद भण्डारीले भनेका छन् ।

समग्र राजनीति यात्राबाट हेर्दा याे अल्पबिराम हाे । राजनीतिक जीवनकाे अन्त्य हाेइन । गरिबीकाे भिमकाय पहाडले च्यापिएकाे याे प्रदेशलाई समृद्धि हेर्न निम्ता पत्र पठाउने प्रदेशकारूपमा बिकास गर्न सकिन्छ भन्ने सपनाले मलाई याे भुमिकाका लागि उत्प्रेरित गरेकाे थियाे । याे प्रकृयामा सघाउने नेतृत्वपंक्ति, तपाईं समस्त सुभेच्छुक र स्वप्न द्रस्टाहरूमा हार्दिक अाभार ! समृद्ध र बिकासकाे प्यासले काकाकुल कर्णाली / ६ नं. प्रदेशप्रतिकाे दायित्वबाट रत्तिभर बिचलित हुने छैन !

माघ २६ गते, २०७४ - १६:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top