Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रर्यटन विकासमा टेवा, जुम्लामा पर्यटकलाई सुविधासम्पन्न होटेल स्नोलेण्डको सेवा

\"\"अथाह पर्यटकिय स्थलको धनी कर्णाली प्रदेशमा पर्यटकहरुको घुइचो लाग्न थालेको छ । नेपाल आउने पर्यटकहरु जुम्ला हुदै रारा पग्ने सपना बोकेर आउने गरेका छन् । चाँदिको घेरामा चाँदिनै ओडेर उभिए जस्ता उभिएका हिमश्रृखलाहरुले पर्यटकको मात्र होईन सवैको ध्यान तानेर मन्त्रमुघ्ध पारेको हुन्छ । तर पर्यटकहरुका लागि जुम्लामा अत्याधुनिक सुविधाको होटलको आवश्यक्ता छ । पर्यटकको चाहना र रोजाईको पर्यटकीय क्षेत्र जुम्लामा सुुविधा सम्पन्न होटेल संञ्चालन भएको छ । दोश्रो स्वीटजरल्याण्डकाे रूपमा परिचय बोकेको चर्चित जुम्लामा तीन करोडको लगानीमा स्नोलेण्ड होटल सञ्चालनमा आएदेखि पर्यटकहरु खुसीले गदगद भएका छन् । पर्यटकले नै भनेका छन् कि \'स्वीटजरल्याण्काे हावापानी नेपालकाे जिरी र जुम्लासंग मिल्छ, त्यहि भएर नेपाल अाएपछि हामी जुम्ला पुगेरै छाेड्छाैं ।\' सुविधासम्पन्न होटल जुम्लामा कसरी सम्भव भयो त ? होटल व्यवसायी जुम्लाका अर्थात स्नोलेण्डका संचालक ललित जंग महतले भने, \'पर्यटकहरु जुम्ला आँउदा उनिहरुलाई सवैभन्दा पहिला गास र वासको आवश्यक्ता पर्छ । त्यो आवश्यक्ताको महशुस गरेर नै मैले ३ करोडको लगानीमा होटल स्नोल्याण्ड स्थापना गरे । अति मेहनतका साथ कम्फरटेवल होटल पर्यटकहरुका लागि भनेर नै स्थापना भएको हो ।\' पारिवारिक वातावरणमा आरामदायी खान, बस्नको व्यवस्था सहित सुविधा सम्पन्न होटल आवश्यक्ता महशुस गरेर नै होटल स्नोल्याण्ड जुम्लामा उभिएको छ । होटेल स्नोलेण्डका विशेषता के हुन त ? चिसो हावापानी, मनोरम दृश्य र जुम्ली विशेषता सहितको अर्गानिक खाना पर्यटकको प्रमुख आर्कषण र मन छुने रहेको होटल स्नोलेण्डका अध्यक्ष ललित जंग महतले बताए । प्रदेश नं ६ को राजधानी सुर्खेत भएपनि राजधानीकै रुपमा रहेको जुम्लामा मनोरम, शान्त र स्तरिय होटेलको आवश्यक्ता भएकाले जुम्लामा सुविधासम्पन्न होटेल सञ्चालन गरिएको उनको भनाई छ । सभाहल, ४० वटा कोठा, सवारी साधन पार्कीङ्गको व्यवस्था गरिए छ । स्थानिय विकासका लागि दक्षता अनुसार २० जना स्थानियलाई रोजगार समेत दिएका छन् उनले । जुम्लामा रोड नपुग्दै पर्यटकहरुलाई भनेजस्तो यातायात नहुदा जुम्ला पहिलो पटक हेलिकप्टरबाट जीव बोकेर जुम्लामा यातायात संचालन गरेका महतले करिव २० किलोमिटर रोडमा सेवा दिए । आन्तरिक पर्यटकका लागि दिएको सेवा पछि वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्यो । महेन्द्रा बलेरो जीव जुम्लामा ऐतिहाँसिक बन्यो । जुम्लामा बाटो खुलेपछि पोखराबाट बस लिएर संचालन गरेका यातायात व्यवसायी पनि हुन । उनले भने जुम्ला आउन पर्यटकलाई समस्या थियो । त्यो समस्या पनि अहिले फरकढंगले समाधान गरेका छौं । एयरपोर्टबाट सिधै जुम्ला पुग्नको लागि आरामदायी यात्राका साथ हामीले गो कर्णाली यातायातको व्यवस्था मिलाएका छौ । १२ वटा जीव संचालनमा छन् । गो कर्णाली लेखिएको जिव देख्ने वित्तिकै पर्यटकले बुझिहाल्छन् । नवुझेकालाइ सजिलो होस भनेर नै यातायातका साधनमा गो कर्णाली लेखिएको हो, अध्यक्ष ललित जंग महतले भने । कर्णाली यातायात व्यवसायी समितिका सस्थापक अध्यक्ष समेत रहेका महत अहिले गो कर्णाली यातायातका जिप सुर्खेत जुम्लामा संचालन छ । प्रदेश नं ५ को नेपालगंज देखि जुम्ला यो जीप संचालन रहेको उनले बताए । प्रदेश नम्बर ६ को पर्यटन विकासका लागि होटेल व्यवसाय मात्र उदेश्य नभई पर्यटन पर्वद्धनमा टेवा पु¥याउने मुख्य उदेश्य रहेको उनले वताए । प्रदेश नम्बर ६ को जुम्ला पर्यटनको हिसावले अति महत्वपुर्ण ठाउँ भएकाले ‘आन्तरिक र वाह्यपर्यटकलाई आरामदायी सुविधा दिनका लागि सक्षम भएको विचार व्यक्त गरे । दैलेखको आठवीस नगरपालिकाका बयालढुंगा, वाँसुल्ले, भन्थान हुदै जुम्लाको मार्गबाट आएपनि पर्यटक सिधै होटल स्नोलेण्डमा पुग्न सक्छन् । दैलेखको ज्वाला हेरेर घुम्नेखालीहुदै तीनचुले लेख र भन्थानबाट पनि जुम्ला आउन सकिन्छ । जतावाट पनि जुम्ला गन्तव्य हो । हामीले पर्यटन विकासमा जोड दिए जसरी जनप्रतिनिधिले पनि पर्यटन विकासमा जोड दिने हो भने प्रदेश न. ६ को पर्यटनले मात्रै पनि सम्पन्न हुने विश्वास ललितजंग महतको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies