Khabar Dabali Logo
  October 21, Wed

एकता संयोजन बैठक आजः माअोवादी भन्छ-पहिला एकता, एमाले भन्छ-पहिला सरकार गठन

फाइल फोटो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक अाज बस्ने भएको छ । माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजोको वान टु वान छलफलले नेतृत्वकाे व्यवस्थापन र सैद्धान्तिक र सांगठनिक कार्यदल बनाउने बिषयमा छलफलभएसँगै अाज एकता संयाेजन समितिकाे बैठक बाेलाएकाे हाे ।

बैठकमा एकतासम्बन्धी कार्यप्रगति समीक्षा गर्दै आगामी कार्यभारबारे छलफल गरिने प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले बताए ।

बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ललितपुरको मानभवनस्थित एक निजी निवासमा एक्लाएक्लै वार्ता भएको थियो । छलफलमा दुवै अध्यक्षले संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने निर्णय गरेका हुन् ।

एकता समितिको १८ माघको बैठकले दुई अध्यक्षबीच अझै छलफल गर्ने, समितिका नेताहरूबीच पनि अनौपचारिक छलफल गर्ने र समितिको बैठक बसेर कार्यदल गठन गरी एकता प्रक्रिया टुंग्याउने छलफल भएको थियो । बिहीबार दुई अध्यक्षबीच सैद्धान्तिक र भावनात्मक विषयमा छलफल केन्द्रित भएर संयोजन समितिको बैठक बोलाइएको महराले बताए । बिहीबारको छलफल त्यसैको निरन्तरता भएको उनले बताए । ‘पहिलेका बैठककै निरन्तरतास्वरूप छलफल भएको हो, ठ्याक्कै निष्कर्षमा आज पनि पुगिएको छैन । छलफल अझै जारी छ’, उनले भने, ‘थप छलफल गर्न एकता संयोजन समिति बैठक बोलाइने छ।’

ओलीका प्रेस संयोजक चेतन अधिकारीले छलफल सकारात्मक रहेकाले एकता समिति बैठकमा थप छलफल हुने बताए । ‘एकता संयोजन समितिको बैठक शुक्रबार बस्छ, समय तोकिएको छैन ।

माओवादीले सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउन जोड गरिरहेको छ तर एमाले भने सरकार गठन र एकता प्रक्रिया सँगसँगै छलफलमा लगेर टुंग्याउने बताउँदै आएको  छ ।

र, यो पनि

ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता, माओवादी सरकारमा नजाने संकेत

माघ २६ गते, २०७४ - ०८:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top