Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जग्गा बाँझो राखे जरिवाना

[caption id=\"attachment_175121\" align=\"alignleft\" width=\"720\"]\"\" रेस क्षेत्रको बाँझो जग्गा[/caption] काठमाडाैं । बागलुङको काठेखोला गाउँपालिकाले खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने भएको छ। काठेखोला गाउँपालिका वडा नं ७ (साविकको रेस गाविस) ले बाँझो जग्गामा खेती गर्न प्रोत्साहित गर्ने र खेती नगर्ने जग्गाधनीलाई तीन गुणा बढी राजस्व जरिवाना तिराउने निर्णय गरेको छ। अाजको अन्नपूर्णमा खबर छ-खेतीयोग्य जमिन बाँझो रहँदा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको तथा स्थानीय उत्पादनमा गिरावट आएपछि निर्वाचित जनप्रतिनिधिको पहलमा बाँझो जमिनको उपयोग थालिएको हो । गाउँको चार सय हेक्टर बाँझो जमिनलाई आगामी दुई वर्षभित्र उत्पादनमूलक काममा लगाउने गरी काम थालिएको वडाध्यक्ष प्रेम लामिछाने बताए। काठेखोला गाउँपालिकाले आठै वडाका बाँझो जग्गालाई उत्पादन योग्य बनाउने नीति लिएको र यसको थालनी वडा ७ बाट सुरु भएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘अन्य वडामा पनि बसाइँसराइ र युवा विदेश पलायन हुँदा थुप्रै जग्गा बाँझो रहेको पाइयो’, अध्यक्ष थापाले भने, ‘यी जग्गामा स्थानीयस्तरमा सम्भाव्य खेती गरेर उत्पादकत्व वृद्धि गर्ने र बढ्दो आयात रोक्ने गरी काम अघि बढाएका छौं।’ काठेखोला-७ ले बाँझो जग्गाको व्यवस्थापनका लागि तीन चरणमा काम गर्न नीति तय गरेको छ। ‘पहिलो चरणमा जग्गा धनीलाई असार मसान्तसम्म खेती गर्न आग्रह गरेका छौं’, वडा अध्यक्ष लामिछानेले भने, ‘यदी यो अवधिसम्म पनि बेवास्ता गरे दोस्रो चरणमा जग्गाको तीन गुणा बढी राजस्व तिराएर जरिवाना गरिनेछ।’ तीन गुणा राजस्व तिर्दासमेत जग्गा बाँझै रहेमा वडाले अधिग्रहण गर्ने र व्यावसायिक खेती गर्नेलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ। बाँझो जमिनमा अलैंची, अम्रिसो, केराजस्ता बहुबर्से आयआर्जनका उत्पादन पनि लगाउन सकिने वडासचिव होमनाथ शर्माले बताए। पानीको राम्रो स्रोत भएको रेसमा मनग्य तरकारीलगायत उत्पादन गर्न सकिने भए पनि स्थानीय बासिन्दा जग्गा बाँझो राखेर बाहिरबाट आयात गरेर खान थालेको उनको भनाइ छ। ‘एकातर्फ वडा पूर्णरूपमा आयातमा निर्भर छ, अर्कोतर्फ जग्गा बाँझो बनाएर आयातको भर गर्ने बढेर गए’, सचिव शर्माले भने, ‘हामीले बाँझो जग्गाको व्यवस्थापन गरी वडालाई निर्यातमुखी बनाउने योजना बनाएका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies