Khabar Dabali Logo
  October 30, Fri

‘संसद्को शपथअगावै प्रधानमन्त्री’

काठमाडाैं । ढिलोमा फागुन २ भित्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारीसँगै फागुन १० भित्रै देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फ महिलाको ३३ प्रतिशत कोटा पुर्‍याएर ल्याउन आयोगले दलहरूलाई शुक्रबार पत्र पठाउने तयारी गरेको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा प्रत्येक दलले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने तर्क गर्दै आयोगले समानुपातिक नतिजा दुई महिनासम्म रोकेको थियो।

आजको अन्नपूर्णमा खबर छ-‘अब हामी छिटोभन्दा छिटो राष्ट्रपतिज्यूलाई नतिजा बुझाउने तयारीमा छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘ढिलोमा फागुन २ गतेसम्म राष्ट्रपतिसमक्ष नतिजा पेस गर्छौं।’ आयोगले आफ्नो कार्यविधि संशोधन गरी नतिजा सार्वजनिक गर्न छोटो विधि अवलम्बन गरेको यादवले बताए। दललाई महिलाको ३३ प्रतिशत कोटा पुर्‍याउन आयोगले तीन दिनको मात्र समय दिने भएको छ। यसअघि सात दिनको समय निर्धारण गरिएको थियो।

सबै दलले माघ २९ गते नै आयोगले तोकेअनुसार महिलाको सूची पेस गरे त्यही दिन नै राष्ट्रपतिलाई नतिजा बुझाउने तयारी भइरहेको पनि यादवले जनाए। तर त्यसदिन सबै दलले सूची बुझाउन नसके २ गतेसम्मका लागि थप समय दिने र २ गते साँझ राष्ट्रपतिलाई जसरी पनि नतिजा बुझाउने उनले बताए।

आयोगले राष्ट्रपतिसमक्ष नतिजा बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ। संविधानविद् डा. विपीन अधिकारी संसदीय अभ्यास र परम्पराअनुसार राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्ने तर्क गर्छन्। संविधानको धारा ७६ ले सरकार गठनको व्यवस्था गरेको उल्लेख गर्दै उनी भन्छन्, ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने अवस्था देखिन्छ। निर्वाचन आयोगले दिएको चुनावको नतिजा प्रतिवेदनअनुसार राष्ट्रपतिले दुई दलका संसदीय दलका नेतालाई बोलाएर प्रधानमन्त्री नियुक्तिका विषयमा विचार विमर्श गर्नुपर्छ र दुवै दलको बहुमत पुग्ने अवस्थामा प्रधानमन्त्री नियुक्त हुन्छ।’

प्रधानमन्त्री नियुक्तिका लागि सांसद पदको शपथ गर्नु नपर्ने तर्क गर्दै संविधानविद् अधिकारी भन्छन्, ‘राष्ट्रपतिबाट नियुक्त प्रधानमन्त्रीले शपथ गर्ने हो। त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा संसद्को अधिवेशन बस्छ र संसद्को प्रक्रिया सुरु हुन्छ।’ नयाँ सरकार गठनका लागि हालका प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामाको कुनै पनि अर्थ नहुने उल्लेख गर्दै उनी भन्छन्, ‘निर्वाचन घोषणा गरेको प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन। नयाँ जनादेश आएपछि ऊ स्वतः कामचलाऊ हुन्छ र नयाँ सरकार गठन हुन्छ।’

संविधानविद् एवं पूर्वसभासद रामनारायण बिडारी पनि प्रधानमन्त्री नियुक्तिका लागि सांसद पदको शपथ खाइराख्नुपर्ने व्यवस्था नरहेको तर्क गर्छन्। ‘०४८, ०५१ र ०५६ सालमा प्रधानमन्त्री नियुक्तिको जे परम्परा थियो, अहिलेको संविधानले पनि त्यही व्यवस्था गरेको हो,’ उनी भन्छन्, ‘अहिलेको संविधानले प्रधानमन्त्री निर्वाचन नभई नियुक्तिको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री नियुक्तिपछि संसद् अधिवेशन आह्वान हुन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।’

माघ २६ गते, २०७४ - ०६:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top