Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अरनिको राजमार्गमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु

\"\"भक्तपुर । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गमा पर्ने सूर्यविनायक, जगाती चाक्कुखोला सडक अतिक्रमण गरी बनाइएका टहरा एवं सामान हटाउन सुरु गरेको छ । सूर्यविनायक, जगाती, चक्कुखोला सडकको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य शुरु गरेको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । ‘अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–चक्कुखोला सडकको केन्द्रबाट २५÷२५ मिटरसम्मको दायाँबायाँका अतिक्रमित संरचना हटाउने कार्य शुरु गरेका छौँ,’ उनले भने, ‘सूर्यविनायक नगरपालिकातर्फका संरचना हटाएर सडक फराकिलो पारेकाले आजबाट भक्तपुर नगरपालिकातर्फको अतिक्रमित संरचना हटाउन थालेका हौँ ।’ सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले सडक डिभिजन कार्यालयले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकासँगको समन्वयमा कार्यालय आफैले त्यस्ता संरचना हटाउने कार्य शुरु गरेको उनले बताए। स्थानीय बासिन्दाले सडक अतिक्रमण गरी टहरा निर्माण गर्ने, निर्माण सामग्री राखेर व्यापार गर्ने, पसल, वर्कसप, कारखाना बनाई व्यापार गर्न थालेपछि त्यस्ता संरचना हटाउन थालेको उनले बताए । सडकमा स्थानीयवासीले निर्माण सामग्री, पुराना सवारी साधन पार्किङ, तरकारी खेती र नर्सरी राखेका छन् । अतिक्रमित संरचना हटाउने क्रममा सडक ऐन, २०३१ र जग्गा प्राप्ति ऐन, २०३४ जारी हुनुअघि निर्माण भएका पुराना घरलाई भने उचित क्षतिपूर्तिसहितको मुआब्जा दिएर सडक विस्तार आयोजना सञ्चालन गर्ने डिभिजन प्रमुख अधिकारीले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies