Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

युवतीकाे ग्याङ नै पकेटमारा, यस्ताे छ रहस्य

\"\"काठमाडौं ।  बाक्लो भीडको मौका छोपेर पाकेटमाराहरुले आफ्नो धन्दा सुरु गर्ने गरेकाे खुलेकाे छ ।  सुन्धाराबाट छुट्ने यातायातका साधनमा वाक्लाे यात्रुकाे भिडलाइ कुरेर बस्नेअनी यात्रुकाे पकेटमार्नेमा  युवतीकाे ग्याङ नै सक्रिय बनेकाे छ । गोजीबाट मोवाइल, पर्स, झाेलामा भएका सामान निकाल्ने गरेकाे पाइएकाे छ । महानगरीय प्रहरी वृत जनसेवाबाट सादा पोशाकमा खटिएका प्रहरीले त्यस्ता पकेटमार युवतीलाई नियन्त्रणमा लिए पछि रहस्य वाहिर अाएकाे हाे । भक्तपुरको सल्लाघारी घर बताउने १८ वर्षीय अस्मिता श्रेष्ठ (प्रहरकिो भाषामा अस्मिता ‘पटके पाकेटमारा’ हुन् । उनलाइ पकेट मारिरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे । सुन्धारामा उनको नेतृत्वमा पाकेटमाराको ग्याङ नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू महिला भएपनि अस्मिताको ग्याङका अन्य सदस्यहरु भने पुरुष छन् । ललितपुरका सुशान शाक्य र उदयपुर घर बताउने सुरज राई उनको ग्याङका सदस्य हुन् । प्रहरीले सोही दिन सुशान र सुरजलाई पनि नियन्त्रणमा लिएको थियो । अहिले उनीहरु तीनैजना महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् । ‘शारदा भट्टराईको जाहेरीले हामीले तीनै जनालाई मुद्दा चलाएका छौं’ महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख (डिएसपी) मोहन कुमार थापा भन्छन्, ‘जनसेवाको एरियामा पर्ने इन्द्रचोक, पुरानो बसपार्क, सुन्धारा, भोटाहिटी लगायतका क्षेत्रमा पाकेटमारा विरुद्ध बिशेष अप्रेशन नै चलाएका छौं ।’ साँझको समयमा राजधानीको मुटु मानिने पुरानो बसपार्क, इन्द्रचोक, नेपाल बायुसेवा निगम आगाडीको माइक्रोपार्क, काठमाडौं मल लगायतका स्थानमा सबैभन्दा धेरै पाकेटमारीका घटना हुने गर्छन् । भोटाहिटी र रत्नपार्क पनि काठमाडौंको धेरै पाकेटमारी हुने स्थानमध्येमा पर्छ । महानगरीय प्रहरी वृत जनसेवाले पाकेटमारा विरुद्ध ‘विशेष अप्रेशन’ शुरु गरेपछि माघ महिनाभरी मात्रै यो क्षेत्रबाट २० जनाभन्दा बढी पाकेमारा पक्राउ परिसकेका छन् । दाङका पुर्ण बहादुर खत्री, झापाका रजित तामाङ, रोल्पाका राजकुमार थापा मगर, सुनसरीका राहुल मगर, काभ्रेका विपीन तामाङ, सिन्धुपाल्चोकका शिव बोहोरा, चितवनका साजन अर्याल र ओखलढुंगाका सुजन परियार रत्नपार्क एरियाको पटके पाकेटमार भएको प्रहरीले जनाएको छ । लागू औषधको दुब्र्यसनीमा परेका तथा पाकेटमारीमा संलग्न पुरुष साथीहरुको संगतमा लागेका महिलाहरु पछिल्लो सयम पाकेटमारीमा संलग्न हुन थालेको बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies