Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रोल्पाबाट ३१ जना हराए

 

\"\"रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिए ।

हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन । यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेको प्रसनि बुढामगरले जानकारी दिए । उहाँका अनुसार यसैगरी आव २०७३÷७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए । तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन । यस्तै आव ०७२/७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए । यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन् । थबाङ गाउँपालिकाका ७० वर्षीय एक अभिभावकका अनुसार करिब ४ वर्षअघि दाउरा गर्न जंगल गएकी उहाँकी १५ वर्षीया छोरी बाटोबाटै हराइन् । उनी हराएपछि परिवारमा निकै चिन्ता भयो । खोजतलास गरियो, तर उनको पत्ता लागेन, तर दुई सन्तानकी आमा बनेर केही दिनअघि मात्र छोरी सम्पर्कमा आएपछि उहाँले सन्तानको चिन्ताबाट छुटकारा पाएको बताएका छन् । यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि आफूखुशी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । उनका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुशी हिँडेका हुन्छन् । यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन् । यसरी नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ । साथै, प्रहरीलाई यही काममा अल्झिनुपर्ने बाध्यता छ । त्यसैले नागरिकले आफ्नो कर्तव्यबोध गर्दै आफ्नो मान्छे फेला परे प्रहरीलाई जानकारी गराउन सके सही तथ्यांक आउनाका साथै काम गर्नसमेत सहज हुने उहाँको धारणा छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies