Khabar Dabali Logo
  October 22, Thu

बहिनीलार्इ शक्तिशाली बनाउँदै किम जोन, खेलको उद्घाटन समारोहमा पठाउने

सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ‌ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनी सहभागी हुने छिन् ।

वर्कर्स् पार्टीकी वरिष्ठ अधिकारी समेत रहेकी किम यो-जङ वर्तमान किम परिवारबाट सीमापारि जाने पहिलो सदस्य हुनेछिन् ।

दुवै कोरियाले उद्घाटन समारोहमा संयुक्त झण्डामुनि सँगसँगै मार्च गर्नेछन् ।

शीतकालीन ‌ओलिम्पिक्स खेलमा उत्तर कोरियाको सहभागितालाई दुई देशको सम्बन्ध सुधार तर्फको कदमका रूपमा हेरिएको छ ।

तर संयुक्त राज्य अमेरिका र जापानसहित अन्य देशहरूले उत्तर कोरियाले ‘शीतकालीन ‌ओलिम्पिक्स’लाई प्रोपागाण्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।

सन् १९८७ मा जन्मेकी भनिएकी उनी दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी र किम जङ-उनकी सहोदर बहिनी हुन् ।

शक्तिशाली मानिएका पार्टी सचिव चोय रियोङ-हायका छोरासँग उनको बिहे भएको बताइएको छ ।

हालैका वर्षहरूमा उनी छिटपुट रूपमा संचारमाध्यममा छाइरहेकी छिन्। उनको मुख्य भूमिका भनेको पार्टीको प्रोपोगान्डा विभाग सम्हालेर आफ्ना दाजुको छविको रक्षा गर्ने हो ।

उत्तर कोरियामा भएका भनिएका मानव अधिकार उल्लंघनका घटनाहरुको सम्बन्धमा अमेरिकाले उनलाई कालो सूचीमा राखिरहेको छ ।

उनलाई ओलिम्पिक्स्‌मा पठाएर किम जङ-अनले दक्षिण कोरियासँग सम्बन्ध सुधारमा गम्भीर रहेको संकेत दिएको ठानिएको छ ।

तर अझ पनि उनको दक्षिण कोरिया भ्रमणलाई लिएर थुप्रै चुनौती छन् ।

हुन त संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को यात्रा प्रतिबन्धको सूचीमा उनको नाम छैन । तर मानव अधिकारको विषयलाई लिएर उनीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ ।

साथै उनी खेलकुदस्थलमा कसरी पुग्नेछिन् भन्नेबारे पनि प्रश्नहरू रहेका छन् ।

उत्तर कोरियाली खेलाडीहरूलाई सहभागी हुन दिन समेत सोलले अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायका अन्य सदस्यहरुसँग विशेष अनुमति लिनु परेको थियो ।

अब किम जङ-अनकै परिवारका सदस्यको यात्राको लागि सोलले फेरि अनुमति लिनुपर्ने हुनसक्छ । बीबीसी

माघ २५ गते, २०७४ - ०९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top