Khabar Dabali Logo
  October 29, Thu

अमेरिकामा दुई वर्षे बजेटमा दुईदलीय सहमति

अमेरिका । अमेरिकामा सरकारी खर्च समाप्त हुने अघिल्लो दिन रिपब्लिकन र डेमोक्र्याट नेताहरूले बजेट विधेयकमा दुईदलीय सहमति गरेका छन् ।

खर्च अरबौं डलरले बढाइँदा राष्ट्रिय घाटा झन् बढ्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

विरलै हुने दुई पार्टीबीचको सहमतिमा रिपब्लिकन सिनेट नेता मिच म्याक्कनल र डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले दुई वर्षे आर्थिक योजना अनुमोदन गरेका छन् ।

सिनेटमा उक्त विधेयक सजिलै पारित हुने ठानिएको छ तर तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा त्यसले अवरोध बेहोर्न सक्छ ।

यो सहमति सरकारसँग खर्च गर्न पैसा नहुने अर्को अवस्था आइलाग्ने ठीक अघिल्लो दिन भएको छ ।

बिहीवार मध्यरातसम्म कंग्रेसमा सहमति भएन भने सरकारले पाएको एक महिने खर्च गर्न पाउने अवधि समाप्त हुनेछ ।

कंग्रेसका कतिपय डेमोक्र्याट र रिपब्लिकन नेताहरूले दुई दलीय विधेयकको विरोध गरेका छन् ।

ह्वाइट हाउसका एकजना अधिकारीले सरकारी खर्च ३०० अर्ब डलरले बढ्ने बताए ।

वाशिङटन पोष्ट अखबारले खर्च वृद्धि करिब आधा खर्ब रहेको बताएको छ ।
सिनेटको विधेयक सार्वजनिक गरिएको छैन ।

त्यसमा रक्षा खर्च पहिलो वर्ष ८० अर्बले र दोश्रो वर्ष ८५ अर्ब डलरले बढाइएको बताइएको छ ।

त्यसैगरी बालबालिकाका लागि स्वास्थ्य बिमा जस्ता गैरसैनिक खर्च यो वर्ष ६३ अर्ब रहेको र अर्को वर्ष ६८ अर्ब डलर रहेको बताइएको छ । बीबीसी

माघ २५ गते, २०७४ - ०९:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top