Khabar Dabali Logo
  October 25, Sun

एमालेले पेल्दै गए प्रचण्डले ‘मेस्सी स्टार्इल’मा गोल गर्न पनि सक्छन्

काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता लम्बिदैछ । एकता गर्ने भनिएको ५ महिना बितिसके पनि अहिलेसम्म एकताको लागि ठोस कुरा हुन् सकेको छैन् ।  अहिले नेताहरू सरकार गठनपछि मात्रै एकता हुने प्रतिक्रिया दिदैं अाएका छन् । तर अध्यक्ष को हुने भन्ने बिषयमा विवादका कारण पनि एकता लम्बिन सक्ने अनुमान गरिएको छ ।

शुरूमा एकतापछि पार्टी अध्यक्ष माअोवादीलार्इ र प्रधानमन्त्री एमालेलार्इ दिने भन्ने भद्र सहमति भएपनि अहिले एमालेले दुबै नछाड्ने भएपछि एकतामा समस्या अाएको हो । माघ १५ भित्र पार्टी एकता गर्ने र सरकार गठन गर्ने पनि सहमति थियो ।

गत असोज १७ गते वाम गठबन्धन घोषणा गरेर नेपाली राजनीतिमा तरंग पैदा गरेका ओली र प्रचण्डले आखिरीमा पार्टी एकता गरेर मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अघि बढाउलान भनेर सर्वसाधरण जनताले अपेक्षा गरेका थिए । तर, चुनावी नतिजा आएपछि ओली पक्षधर नेताहरुले दम्भ देखाएको र प्रचण्डलाई पेल्न खोजेको प्रचण्ड पक्षधर एक नेताले खबरडबलीलार्इ बताए ।

‘प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा आफू आशिन हुने ओलीको चाहानाले गर्दा एकता प्रक्रिया नै अलमलमा पर्यो’ स्रोतले खबरडबलीसँग भन्यो ‘अब त प्रचण्डजी पनि नयाँ निर्णय लिने तयारीमा जुट्नुभएको छ, यसको नतिजा सायद केहिदिन भित्रै आउन सक्छ।”

राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रचण्डले डरलाग्दो निर्णय गर्ने आन्तरिक तयारी गरेका छन् । केही पनि नपाउने भएपछि उनले एमालेसँग एकता गर्नुभन्दापनि एमालेबाहेकका दलहरुसँग मिलेर किन सरकार नबनाउने भन्दै आफू निकट नेताहरुसँग भन्न थालेका छन् । यसअघि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ५ बर्षे प्रधानमन्त्री बन्न प्रचण्डलार्इ अफर गरेको समाचार पनि सार्वजनिक भइसकेका छन् । सबै पद एमालेलार्इ सुम्पेर एकता नगर्न प्रचण्डमाथि दबाब बढ्न थालेको छ ।

माअोवादी नेताहरूका अनुसार अहिले प्रचण्ड-अोलीको भेट पनि पातलिदैं गएको छ । ७०/३० को भागबन्डामा जान नहुने कतिपय नेताहरूले प्रचण्डलार्इ दबाब पनि दिदैं अाएका छन् । माअोवादीबाट फुटेर गएकाहरूलार्इ एक जुट बनाउन पनि उनलार्इ चाैतर्फि दबाब छ ।

माघ २५ गते, २०७४ - ०९:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top