Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कसरी अघि बढ्लान् देउवा :राजीनामा कि सत्ता हस्तान्तरण?

\"\"काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन् । निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको कार्यभार पूरा हुने बताउँदै आएका देउवाले नयाँ सरकार गठनको बाटो खोल्ने विषयमा छलफल सुरु गरेका हुन्। सत्ता हस्तान्तरण वा राजीनामाको विषयमा प्रधानमन्त्री चाँडै टुंगोमा पुग्ने उद्योगमन्त्रीसमेत रहेका कांग्रेस नेता मानबहादुर विश्वकर्मा बताउँछन्। केही दिनअगाडि मात्रै देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए। आजको अन्नपूर्ण पोष्टमा खबर छ-पछिल्लो समय उनी आफूनिकट नेता तथा कानुनविद्सँग निरन्तर छलफलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। खाँणले भने, ‘उहाँ राजीनामाकै मुडमा हुनुहुन्छ तर अर्को विकल्प पनि उहाँसमक्ष पुगेको छ। त्यो भनेको निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिकहाँ पु¥याएपश्चात आफैंले प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने र नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी हस्तान्तर गरेर बिदा लिने’, उनले भने। बिहीबार दिउँसोसम्ममा राष्ट्रियसभाको नतिजा आइसक्ने र साँझ नै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधिसभाको समानुपातिक विजयी उम्मेदवारको सूची पठाउन पत्राचार गर्ने तयारी गरेको छ। आयोगको तयारीअनुसार फागुन १ सम्ममा समानुपातिकतर्फका विजयी उम्मेदवारको अन्तिम काम सकिइसक्छ। त्यसपछि आयोग फागुन ३ मा प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ। राष्ट्रपतिले आयोगबाट प्रतनिधिसभाको सम्पूर्ण नतिजा पाएसँगै नयाँ प्रधानमन्त्री चयनप्रक्रिया अगाडि बढाउने छिन्। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले कानुनबमोजिम जे ठिक हुन्छ, त्यसैअनुसार अघि बढ्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताए। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नतिजा आएसँगै वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्। तर देउवाहित कांग्रेस नेताहरूले राष्ट्रियसभाको अड्को थापेपछि विवाद देखिएको थियो। नेता खाँणले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बैठकका कारण केन्द्रीय शीर्ष नेता उपत्यकाबाहिर रहेकाले सबै फर्किएपछि निष्कर्षमा पुग्ने गरी छलफल हुने बताए। ‘प्रधानमन्त्रीले यस सन्दर्भमा केही दिनअघि पार्टी बैठकमै कुरा राख्नुभएको थियो तर सार्थीहरूले राष्ट्रियसभा निर्वाचनसम्म पर्खन आग्रह गर्नुभएको हो’, उनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies