Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द

\"\"भक्तपुर । मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन् । दिउँसो दुईबजेदेखि पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरी वृत्त थिमि घेराउ गरेको पीडितपक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत थिमि चारदोबाटो पनि बन्द गराएका छन् । काठमाडौँबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यव्स्त बनेको छ । साँझपख सयौँ यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मर्निङ वाक गइरहेका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने वर्ष ६६ को जगतकुमार श्रेष्ठलाई जेब्रा क्रसिङमा काठमाडौँबाट भक्तपुर आउँदै गरेको बा २ ख ८००६ नं को मिनीट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो । तीव्रगतिमा आएको मिनिट्रकले ठक्कर दिँदा शव क्षतविक्षप्त अवस्थामा रहेको मृतकका माइला छोरा श्यामले जानकारी दिए । उनले भने, “ठक्कर दिने मिनी ट्रकका चालकलाई कडा कारबाही गर्नुपर्छ, घट्नाको निष्पक्ष छानबिन हुनुपर्छ, यसबारेमा सवारी धनीसँग हाम्रो छलफल र वार्ता हुनुपर्छ भन्ने माग हो, दिनभरी प्रहरीलाई सवारी धनीलाई बोलाइदिन आग्रह गर्दा प्रहरीले अटेर गरेपछि बाध्य भएर प्रहरी वृत्त घेराउ गरी दुवै सडक बन्द गराएका हौँ ।” प्रहरीले मिनीट्रक र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने वर्ष २९ को प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको र चालकलाई पक्राउ गरिसकेको अवस्थामा सडक बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies