Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेशकै ठूलो अस्पताल जुम्लामा बनाउने साँसद भण्डारीको सपना पुरा

\"\"काठमाडौ । प्रदेश न ६को जुम्लामा प्रदेशकै सुविधासम्पन्न र ठूलो अस्पताल बनेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । ७६ करोडको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ । कर्णालीमा उपचार नपाएर अकालमै मृत्यू भएका समाचार अव नआउने भएका छन् । डाक्टर नवस्दा उपचारमा समस्या भन्ने समाचार पनि अव नवन्ने भएका छन् । अहिले जस्तोसुकै जटिल किसिमका बिरामीको पनि शल्यक्रिया जुम्लामै हुन थालेको छ । ३ सय शैयाको अस्पताल निर्माणले कर्णालीवासीमा खुसी ल्याएको स्थानीयले बताएका छन्  । कर्णालीमा यति ठूलो अस्पताल बन्नु ऐतिहासिक भएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘अब कर्णालीका अस्पतालमा उपचारको अभाव हुंदैन,’ उनले भने, ‘अब सुविधासम्पन्न ठाउँका बिरामीसमेत उपचार गर्न आउने थलो यो अस्पताल बन्नेछ ।’ माघ महिनाभित्र अस्पताल हस्तान्तरण र सेवा आरम्भ गर्ने प्रतिष्ठानले बताएको छ । शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.पूजन रोकायाले उपचारका लागि अव विरामी जिल्लाबाहिर जानुपर्ने अवस्था नरहेको बताउछन् । अहिले अस्पतालमा १७ जना विशेषज्ञ डाक्टरसहित एक सय ५० जना स्वास्थ्यकर्मीले उच्च सेवाप्रवाह गर्दै आएका छन । ३० हजार बिरामीले अस्पतालबाट सेवा लिइसकेका छन्न । २ हजार चार सय ९१ जनाको जटिल शल्यक्रिया सम्पन्न भएको अस्पतालका निर्देशक धर्मराज गोसाईले बताए । उनले जुम्ला शिक्षण अस्पताल प्रदेश नम्बर ६ कै आधुनिक, पहिलो र ठूलो अस्पताल भएको बताए । संसदमा पहिलो विधेक पास गर्दाको अवस्था सम्झीदै जुम्लाका साँसद नरेश भण्डारीले भने माघ २८ गते उद्घाटनको निम्ता अस्पताल प्रशासनले दिएको बताए । विधेक लिएर संसदमा जादा कर्णाली जस्तो ठाँउमा अस्पताल सम्भव नभएको कतिपय साँसदले व्यक्त गरेका थिए । आज त्यहि अस्पतालले प्रदेशमै प्रतिनिधित्व वोलेको आफुलाई गौरवको अनुभुति भएको साँसद भण्डारीले बताए । ३५ महिनाभित्र अस्पताल निर्माण गरिसक्ने योजना अनुरूप समयमै निर्माण जिम्मा लिएको कम्पनीले अस्पताल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लागेको हो । प्रतिष्ठानले स्वास्थ्यका विभिन्न विषयमा अनुसन्धानसमेत गरिरहेको छ । प्रतिष्ठानले कर्णालीका स्थानीयवासीको स्वास्थ्य अवस्थाबारे समेत अनुसन्धान गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. रोजेन्द्रराज वाग्लेले वताए । शिक्षण अस्पतालले विपन्न वर्ग र द्वन्द्वपीडित बिरामीहरूलाई निस्शुल्क उपचार सेवा दिइरहेको छ । यसअघि द्वन्द्वकालका घाइते र पीडितहरूले उपचार नपाउँदा निकै सास्ती बेहोरिरहेका थिए । अस्पतालमा उपचार गराउन आउने द्वन्द्वपीडितको हकमा यातायात र वास खर्च उपलब्ध उपलब्ध गराइने अस्पतालले जनाएको छ । प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा, आँखा र रेडियोलोजी लगायतको सेवा विपन्न बिरामीका लागि निस्शुल्क उपलब्ध गराइरहेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले वताए । प्रतिष्ठानले कर्णालीमा विशेषज्ञ सेवा विस्तार गरिरहेको जनाएको छ । बिस्तारै ६ नम्बर प्रदेशमा विशेषज्ञ सेवा विस्तार गर्ने योजना बनाइरहेको छ । तीन सय शैयाको अस्पताल निर्माण सम्पन्न भएपछि प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रमलाई पनि अगाडि बढाएको काफ्लेले बताए । प्रतिष्ठान जुम्लाले एमबीबीएस पठनपाठनको तयारी समेत थालिरहेको छ । नर्सिङ कलेज सञ्चालनमा ल्याएर स्टार्फ नर्सको पढाइ भैरहेको छ भने हेल्थ असिस्टेन्टको तेस्रो ब्याजको पढाइ सञ्चालन गरिरहेको छ । प्रतिष्ठानले जुम्लामा डाक्टरी पढाइ सञ्चालन गर्ने तयारी गरेपछि जिल्लामा रहेका माध्यमिक विद्यालयहरूले ‘प्लस टु’ मा विज्ञान संकायको पढाइमा जोड दिन थालेका छन । चन्दननाथ माध्यमिक विद्यालयले अत्याधुनिक प्रयोगशाला निर्माण गरी विज्ञान संकायमा जोड दिइरहेको विद्यालयका प्रधानाध्यापक टंक महतले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies