Khabar Dabali Logo
  October 28, Wed

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा विवाद

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्ने समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीका अर्का दाबेदार नेता नेरश भण्डारीले असहमति जनाएका छन्।

उनले सामाजिक सञ्जालमा अाफ्नाे अभिव्यक्तिलार्इ लेखेर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णयमा असहमति रहेकाे जनाएका हुन्। प्रदेश संयोजक मायाप्रसाद शर्मा, प्रदेश ईन्चार्ज एवं पूर्वगृह मन्त्री तथा सचिवालय सदस्य शक्तिबहादुर बस्नेत र माओवादी नेता जनार्दन शर्मा प्रभाकरसहितको उपस्थितिमा बसेको बैठकले शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय सर्वसम्मत गरेको समाचार बाहिर आएको छ।

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा शाहीको नाम सिफारिस नगरिएको दाबीसहित भण्डारीले लेखेका छन्, ‘प्रसंग-प्रदेश नं ६ को मुख्यमन्त्री सर्वसम्मत चयनबारे ! गुप्त अँध्यारो कोठामा कसैको नाममा सहमति भएकै हो भनेपनि औपचारिकता पूरा नगरी बधाई दिने र समाचार प्रकाशन प्रसारण गर्ने हतारो नगर्दा उचित होला कि ?’

प्रदेश ६ को मुख्यमन्त्रीमा नेता शाही र भण्डारीले दाबी गर्दै आएका छन्। माओवादी केन्द्रले मुख्यमन्त्रीको लागि औपचारिक रुपमा कसैको नाम सिफारिस नगरेको उनको स्ट्याटसले स्पष्ट पारेको छ।

यसैवीच प्रदेश नम्बर ६ र ७ मा मुख्य मन्त्री माओवादीलाई दिने सहमति वाम गठबन्धनले गरिसकेको छ।

प्रदेश ७ मा पनि त्रिलोचन भट्टको नाम मुख्यमन्त्रीमा सिफारिस गरेको विषयमा आंकाक्षीहरु वीरमान चौधरी र मानबहादुर धामीले विरोध जनाएका छन्। प्रदेश ईन्चार्ज लेखराज भट्ट र प्रदेश संयोजक लक्ष्मणराज जोशीले एकलौटीरुपमा भट्टको नाम सिफारिस गरेको चौधरी र धामीको आरोप छ। प्रदेश संयोजक जोशीले उपसभामुखमा आफ्नै श्रीमतीको नाम सिफारिस गरेको उनीहरुको आरोप छ।

माघ २४ गते, २०७४ - १७:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top