Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

वेटिङ्ग चिफ मिनिस्टर महेन्द्र शाहीबारे

[caption id=\"attachment_174873\" align=\"alignleft\" width=\"393\"]\"\" लेखक[/caption] आगामी दुई साताभित्र संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रदेश सरकार गठन र मुख्यमन्त्रीको बहुप्रतिक्षित विषय टुंगो लाग्दैछ । प्रदेश दुई बाहेक एकदेखि सातसम्म सवै प्रदेशमा बाम गठबन्धनको सरकार र मुख्यमन्त्री बन्ने पक्का भै प्रदेश छ र सात नेकपा(माओवादी केन्द्र) को भागमा परेका छन् । २०७२ असोजमा नेपाल सरकारले ६ वटा प्रदेशको अवधारणा सार्वजनिक गर्दा सेती महाकाली भेरी कर्णाली र राप्ती समेतको वृहत प्रदेश घोषणा भएको थियो । विद्यमान ६ नम्बर प्रदेशका जनताको व्यापक आन्दोलनपछि निर्णयमा पुर्नमूल्याकंन भै सात प्रदेशको अवधारणा लागू भयो । त्यही प्रक्रियामा निर्मित ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा नेकपा(माओवादीकेन्द्र)का सचिवालय सदस्य, पूर्व उर्जामन्त्री, जनमुक्ति सेना नेपालको पूर्व डिभिजन कमाण्डर, महाअभियोगका प्रस्तावक तथा कालिकोट प्रदेशसभा(ख)बाट निर्वाचित सांसद महेन्द्रबहादुर शाही वेटिङ चिफ मिनिस्टर रहेका छन् । प्रदेश सरकारको गठनको पूर्वसन्ध्यामा वेटिङ मुख्यमन्त्री बारे पाठकमा जिज्ञासा हुनु स्वभाविक छ । उनको जीवनका राजनीतिक, सामाजिक, फौजी बहुआयामिक व्यक्तित्वका पाटाहरु रहेका छन् । महेन्द्र बहादुर शाहीको जन्म कालिकोट जिल्ला पचाल झरना गाउँपालिका ( साविकको नानीकोट वडा नम्बर ८ ) मा २०३३ माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौडा शाहीको कोखबाट भएको हो । प्रधानपञ्चको परिवारमा जन्मिए पनि बाल्यकालदेखि नै विद्रोही स्वभावका उनी सानै उमेरमा गाउँका अन्यायका बिरुद्ध लडाई लड्थे । अन्यायमा परेकालाई उद्धार गर्नु र अन्यायीेमाथि जाइलाग्नु उनको विशेषता हो । उनले बाल्यकालमा नै पितृवात्सल्य गुमाउनु प¥यो र अन्यायका विरुद्ध न्यायको पक्षमा आफूलाई समर्पित गर्ने स्वभावले कक्षा १० मा पढ्दापढ्दै जनयुद्धमा सरिक भए । २०५२ सालमा १८ बर्षको युवा उमेरमा नै वर्गसंघर्षको अग्रमोर्चामा होमिएका शाही सैन्य संगठन मिलीसिया हुँदै डिभिजन कमाण्डरसम्म पुग्ने नेपालकै एकमात्र कमाण्डर हुन् । राजतन्त्रतात्मक मुलुकबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अभियानमा मात्र होइन सेना समायोजनजस्तो विश्वव्यापी रुपमा जटिल मानिएको प्रक्रियामा पनि ऐतिहासिक र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरे । जनमुक्ति सेनाको समायोजन नै नेपाली शान्ति प्रक्रियाको मुख्य कडि थियो र यो कामका लागि डिभिजन कमाण्डरको भूमिका अतुलनीय हुनु स्वभाविक नै छ । प्रथम संविधानसभाले सेना समायोजनको मुद्दा टुंग्याए पनि संविधान दिन सकेन र २०७० को संविधानभाको दोस्रो निर्वाचनमा विजयी भै महेन्द्रबहादुर शाहीले संविधान निर्माणमा महत्वपूर्ण योगदान दिए । त्यति मात्र होइन दोस्रो संविधानसभा निर्बाचमा प्रथम शक्ति माओवादी तेस्रो पार्टीमा रुपान्तरण मात्र भएन, जनयुद्धको तेस्रो आधार इलाका कर्णालीमा एक सिटमा सीमित हुँदा माओवादी आन्दोलनको गौरव र विजयको एकमात्र आशा र भरोसाको युवा नेतृत्व महेन्द्र शाही नै देखिए । चौतर्फी संकटमा परेको बेलामा पार्टी र आन्दोलनको गरीमा जोगाउने व्यक्तित्वको रुपमा देखा परे । संविधानसभामा मात्र होइन संसदीय मर्यादाको निर्माणमा पनि शाहीले अख्तियारकै आडमा बसेर भ्रष्टचारीलाई तह लगाउने नाममा वहुलट्ठी बन्दै गएका मुलुककै महाभ्रष्टाचारी लोकमानसिंह कार्कीविरुद्ध माअभियोग प्रस्ताव दर्ता गरे । भ्रष्टाचारको जगमा आर्जित सम्पत्तिको दुरुपयोग गरेर सत्ता राजनीतिको खेलमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकालाई समेत प्रभावित गर्ने दुष्प्रवृत्तिका विरुद्धको महाअभियोगको लडाइँ निकै पेचिलो र दुरगामी मूल्यको रह्यो । यो लडाइँको मुख्य कमाण्डर पनि महेन्द्रबहादुर शाही नै भएको सर्वविदितै छ । शाही पूर्व उर्जा मन्त्री पनि हुन् । उनले शेरबहादुर देउवा नेतृत्वमा ८३ दिन मात्र ऊर्जामन्त्रालय नेतृत्व गरेपनि बिजुलीको बिल अनलाइन भुक्तानी, कर्णालीमा बिद्युतको केन्द्रिय प्रसारण लाईन विस्तार, मन्त्रालयको प्रशासनिक सुधारजस्ता महत्वपूर्ण कार्य गरेर लोकप्रिय रहे । नेकपा(माओवादीकेन्द्र) को गठन अनकौँ दुईलाईन संघर्षको आरोहअवरोहबाट भएको छ । यो प्रक्रियामा शाहीले प्रचण्डको नेतृत्वमा जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न लडे । जनमुक्ति सेनाको कमाण्डर देखि ऊर्जामन्त्रीसम्म हुँदा पनि उनले मूख्य नेतृत्वको रक्षालाई विचार र इतिहासको रक्षासँग जोडेको ज्यूँदो इतिहास छ । ६ नम्बर प्रदेशबाट मूलकार्यदिशामा जनयुद्धदेखि अहिलेसम्म निरन्तर कटिवद्ध भै लड्ने नेता हुन् शाही । नेतृत्वको देवत्वकरण र राक्षसीकरणको प्रवृत्तीबाट शाही मुक्त छन् । उनले नेतृत्वलाई वैचारिक, राजनीतिक, सांगठनिक केन्द्रीकरणका रुपमा बुझेका छन् । नेतालार्ई व्यक्तिगत हित र फाइदाका लागि होइन, राष्ट्रका लागि सोच्न, खेल्न र सिंगो पार्टीलाई होम्न दिनुपर्छ भन्ने मान्यता राख्छन् । नेतृत्वलाई शंकावादी ढंगले हेर्ने प्रवृत्तिका विरोधी शाही शिर्ष नेताहरुलाई पनि अप्ठ्यारो परेका बेला साथ दिने युवा नेता हुन् । शाही वेटिङ चिफ मिनिस्टर रहेको छ नम्बर प्रदेश अथवा कर्णाली प्रदेश तिब्बतसँग जोडिएको प्रदेश हो । चिनिया कुटनीतिक चासो र ६ नम्बर प्रदेशको समृद्धिको सपनालाई जोड्न सक्ने खुवी अल्प र मृदुभाषी शाहीमा रहेको छ । नेपालमा संघीयता कार्यान्वयनको मुख्य कडीका रुपमा रहेको प्रदेश सरकार र त्यसको मुख्यमन्त्रीसँग सपना हुनु जरुरी छ । शाही १८ वर्षको उमेरदेखि देश र जनताको समृद्धिको सपना देख्दै संघर्षको मैदानमा रहेका नेता हुन् । एउटा टुहुरो बालकदेखि मुख्यमन्त्रीसम्मको अविछिन्न राजनीतिक यात्रामा शाहीले निरन्तर वगंसंघर्षको अग्रगामी मोर्चा सम्हालेका छन् । ६ नम्बर प्रदेश नेपालकै सवैभन्दा गरिव, विपन्न प्रदेश हो । यो प्रदेशको गरिवी र विपन्नताको परिचय बदल्न सामान्य साहास र विवेकले सकिदैन । त्यसका लागि स्रोत, साधन र प्रतिभाको केन्द्रीकरण गर्नु जरुरी छ । आजको गरिव र भोलीको समृद्ध प्रदेश निर्माणको मोर्चामा पनि शाही सफल हुने आशा गर्न सकिन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies